मङ्पु: मङपूको एक शैक्षिक संस्थान डा.अम्बेडकर एडुकेशनल एण्ड वेलफेयर ईन्स्टिच्युटलाई कोलकाताको एक सामाजिक संस्था साईनाथ ईन्टर नेशनल सोसीएल एण्ड कल्चरल फाउन्डेशनद्वारा विद्यालयलाई कम्प्युटर एलईडी अनि विद्यालयका नानीहरु अनि शिक्षक शिक्षिकागणलाई उपहार प्रदान गरियो। संघका संस्थापक निर्देशक निलिमा ब्यानर्जी अनि अमित मुखर्जी साथै संस्थाको अन्य प्रतिनिधिगणको बाहुलीबाट उक्त सर सामानहरु विद्यालयलाई प्रदान गरियो। यसभन्दा अघि गत वर्ष पनि उक्त साईनाथ ईन्टर नेशनल सोसीएल एण्ड कल्चरल फाउन्डेशनद्वारा विद्यालयलाई कम्प्युटर अनि अन्य सामाग्रीहरु प्रदान गरिएको थियो। स्मरण रहोस् यस संस्थाले सिटोङका ज्ञानकुञ्ज विद्यालय अनि राज्यभरिको अन्य विद्यालयहरुमा पनि सेवा पुराउँदै आईरहेको कुरा निर्देशक निलिमा ब्यानर्जीले जनाएकी छिन्। यस कार्यक्रम अवधि कोलकोताबाट आएका ज्याकलर मसौमी मित्र मजुमदारले यसै विद्यालयका नानीहरुलाई ज्याक्लिन प्रदर्शनी गरेर मन्त्रमुग्ध पारेका थिए।

डा.अम्बेडकर एडुकेशनल एण्ड वेलफेयर ईन्स्टिच्युटका सह शिक्षिका रोशनी छेत्रीले साईनाथ इन्टर नेशनल सोसीएल कल्चर फाउण्डेशमलाई आभार व्यक्त गरेकी छन्।










