खरसाङ क्षेत्रका चियाबारीहरुमा गेट मिटिङ गर्दै अनित थापालाई धन्यवाद प्रकट

IMG-20250825-WA0113

खरसाङ: यसपाली चियाबारी श्रमिकहरुलाई बीस प्रतिशत बोनसको लागि राज्यको श्रम मन्त्रालयले एडभाइजरी जारी गरेकोमा खरसाङ क्षेत्रका विभिन्न चियाबारीहरुमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले सभा गरेर जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्।‌ यस क्रममा खरसाङको गिध्द पहाड चियाबारी, मन्टिभियट चियाबारी लगायत विभिन्न चियाबारीहरुमा गेट मिटिङ गरेर जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिइएको हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले जानकारी गराएका छन्। उनले श्रमिकहरुको लागि जीटीए प्रमुख अनित थापाले राम्रो कार्य गर्दै यसपाली बीस प्रतिशत बोनसको लागि सठीक पहल गरिदिएकोमा सम्पूर्ण श्रमिकहरुको तर्फबाट धन्यवाद ज्ञापन गर्दछौँ भनी बताएका छन्। उनले बताए अनुसार खरसाङ महकुमा क्षेत्रमा रहेका विभिन्न चियाबारीहरुमा बीस प्रतिशत बोनसको मांगलाई पूरा गरिदिएकोमा गेट मिटिङ गर्दै अनित थापालाई धन्यवाद दिइएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement