कोलकाता: शिक्षक नियुक्ति घोटालामा पक्रा परेका उत्तर बङ्ग विश्वविद्यालयका उपकुलपति सुवीरेश भट्टाचार्यलाई अदालतले 26 सेप्टेम्बरसम्म सीबीआई हिरासतमा पठाएको छ। उनी विद्यालय सेवा आयोगका पूर्वअध्यक्ष पनि थिए। उनलाई सीबीआईले सोमबार पक्राउ गरेको हो। अदालतलाई सीबीआईको तर्फबाट तीन सयजनाको नम्बर फेरेर यो काम सुवरेशले गरेको बताएको थियो। सीबीआईका अनुसार अहिलेसम्म तीन सय जनाको नाम पाइएको छ। अंकपत्रमा संख्या बढाइएको छ। पछि उक्त मार्कसिट मार्फत सिफारिस पत्रहरू दिइयो। सुवीरेशले जागिरका आवेदकको नम्बर परिवर्तन गरेको सीबीआईले दाबी गरेको छ। सोधपुछका क्रममा उनले अधिकारीहरुलाई बहकाउने प्रयास गरेका थिए। नियुक्ति घोटालामा पनि मनी ट्रेलको पनि पत्तो लगाउन आवश्यक रहेको बताइएको छ। यस मामिलामा सीबीआईले यसअघि नै शान्तिप्रसाद सिन्हा, प्रसन्न राई र प्रदीप सिंहलाई पक्राउ गरिसकेको छ। सुवीरेशलाई १० दिनको सीबीआई हिरासतमा राख्न सीबीआईले माग गरेको थियो। अर्कोतर्फ, सुवीरेशका वकिल तमल मुखर्जीले अदालतलाई भने कि घोटाला कुन समय भयो भन्ने कुरा सीबीआईले उल्लेख गरेको छैन। ‘यो आयोगको कुनै कार्यालय छैन। उच्च अधिकारीको निर्देशन अनुसार काम भएको हो। मेरो क्लाइन्टलाई जहिले बोलाइयो, उनी गएर अनुसन्धानमा सहयोग गरे’, सुवीरेशका वकिलले आफ्ना क्लाइन्टको औंलामा चोट लागेको अदालतलाई बताए। अदालतले सीबीआईलाई यसबारे छानबिन गर्न आग्रह गरेको छ। दुवै पक्षको बहस सुनेपछि अदालतले उनलाई २६ सेप्टेम्बरसम्म सीबीआई हिरासतमा पठाएको छ।