नीरज चोपड़ासहित १५ जना खेलाड़ी वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपमा हिस्सा लिने दावेदार

IMG-20250825-WA0073

नयाँ दिल्ली: आउँदो महिना टोक्योमा हुने एथलेटिक्स वर्ल्ड च्याम्पियनशीपमा लगभग १५ जना भारतीय खेलाड़ीले हिस्सा लिने सम्भावना छ जबकि हंगेरीको बुडापेस्टमा भएको २०२३-को वर्ल्ड च्याम्पियनशीपमा भारतले २८ सदस्यीय टीम पठाएको थियो। बुडापेस्टमा २०२३-मा भएको वर्ल्ड च्याम्पियनशीपमा नीरज चोपड़ाले ज्याभलिन थ्रो स्पर्धामा स्वर्ण पदक जितेका थिए। वर्ल्ड च्याम्पियनशीपको निम्ति भारतीय टीमको चयन गर्न भारतीय एथलेटिक्स फेडरेशनले २८ अगस्तमा बैठक गर्नेछ। रिले स्पर्धाहरूका निम्ति क्वालीपाई गर्ने सम्भावना नभएको हुनाले वर्ल्ड च्याम्पियनशीपमा भाग लिने भारतीय एथलीटहरूका संख्यामा कमी आएको छ। भारतले २०२३-मा पुरुषहरूका ४ गुणा ४०० मीटर रिलेको निम्ति ७ जना धावक नामित गरेको थियो अनि भारतीय रिले टीमले त्यस समय एशियाई रेकर्ड बनाएको थियो। बुडापेस्टमा भारतीय रिले टीम पाँचौं स्थानमा रहेको थियो।
गत संस्करण झैं टोक्योमा पनि पुरुषहरूका ज्याभलिन थ्रो स्पर्धामा कम्तीमा ३ जना भारतीय एथलीटले हिस्सा लिने सम्भावना छ। आइतवार चेन्नईमा राष्ट्रिय अन्तरराज्यीय च्याम्पियनशीपमा स्वर्ण पदक जित्ने रोहित यादव वर्ल्ड ऱ्याङकिंग कोटामा अघि बढ़न सके यो संख्या बढ़ेर ४ पुग्न सक्छ। गत च्याम्पियन भएको हुनाले नीरज चोपड़ालाई वाइल्ड कार्ड प्राप्त भइसकेको छ। वर्ल्ड च्याम्पियनशीपको निम्ति क्वालीफिकेशनको अन्तिम तारिख अनुसार सचिन यादव र यशवीर सिंहलाई ३६ एथलीटहरूका सूचीमा स्थान प्राप्त भएको छ। चोपड़ाले ८५.५० मीटरको स्वतः क्वालीफिकेशन मार्क पनि पार गरेका थिए। वर्ल्ड एथलेटिक्सको रोड टू टोक्यो सूची २७ अगस्तमा जारी गरिनेछ अनि त्यस समय स्थिति अझ स्पष्ट हुनेछ। वर्ल्ड एथलेटिक्सद्वारा प्रत्येक स्पर्धाको निम्ति पहिलोदेखि निर्धारित संख्याहरूलाई पूरा गरेपछि बाँचेको रहल स्थानहरू वर्ल्ड ऱ्याङकिंग कोटाको माध्यमले पूरा गरिनेछ।
चोपड़ा बाहेक केवल पारुल चौधरी (महिलाहरूकी ३००० मीटर स्टीपलचेज), गुलवीर सिंह (पुरुषहरूका ५००० मीटर दौड़) र प्रवीण चित्रवेल (पुरुषहरूका ट्रिपल जम्प)-ले स्वतः क्वालीफिकेशन मार्क पार गरेका छन्। क्वालीफिकेशन हासिल गर्ने अविनाश साबले चोट र त्यसपछि सर्जरीले गर्दा च्याम्पियनशीपबाट बाहिर भएका छन्। वर्ल्ड ऱ्याङकिंग कोटाको माध्यमले दावेदारीमा सामेल भारतीय खेलाड़ीहरूमा अन्नू रानी (महिला ज्याभलिन थ्रो), प्रियंका गोस्वामी (महिलाहरूकी ३५ किमी वक रेस), अनिमेष कुजुर (पुरुषहरूका २०० मीटर रेस), अब्दुल्ला अबूबकर (पुरुषहरूका ट्रिपल जम्प), सेर्विन सेबेस्टियन र अक्षदीप सिंह (दुवै पुरुषहरूका २० किमी वक रेस), राम बाबू (पुरुषहरूका ३५ किमी वक रेस), सचिन, यशवीर र रोहित (सबै पुरुषहरूका ज्याभलिन थ्रो)-को नाम सामेल छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement