ड्रीम इलेवेन र बीसीसीआईबीच अनुबन्ध समाप्त

IMG-20250825-WA0071

मुम्बई: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) र फेण्टेसी स्पोर्ट्स कम्पनी ड्रीम-११ (ड्रीम इलेवेन)-बीच स्पन्सरशीपलाई लिएर भएको ३५८ करोड़ रुपियाँको अनुबन्ध समयभन्दा अघि नै समाप्त भयो। यो अनुबन्ध २०२३-मा ३ सालको अवधिको निम्ति भएको थियो। यस अनुबन्धअन्तर्गत भारतीय क्रिकेट टीमको जर्सीमा ड्रीम ११-को लोगो लगाइएको थियो तर हालै पारित अनलाइन गेमिंग बिल २०२५-ले गर्दा कम्पनीले अनुबन्धबाट बाहिर निस्किने फसेला गऱ्यो। बीसीसीआई र ड्रीम ११ अलग भएको पुष्टि भारतीय क्रिकेट कण्ट्रोल बोर्डले पनि गरेको छ। बीसीसीआई सचिव देवाजीत सैकियाले भने, अनलाइन गेमिंग प्रमोशन र रेगुलेशन बिल २०२५ पारित भएपछि बीससीसीआई र ड्रीम ११-ले आफ्नो सम्बन्ध समाप्त गरिरहेको छ। भविष्यमा यस्ता कुनै संगठनसँग कुनै सम्बन्ध नराख्ने पनि बीसीसीआई सुनिश्चित गर्दछ। उल्लेखनीय छ, यूएई-मा एशिया कप शुरु हुन अहिले २ हप्ता समय बाँचेको छ अनि भारतीय टीमसँग अहिले कुनै टाइटल प्रायोजक छैन। यसअघि ड्रीम ११-को प्रतिनिधिहरू बीसीसीआई कार्यालयमा गएको खबर प्रकाशमा आएको थियो। त्यस समय उनीहरूले बीसीसीआईका सीईओ हेमंग अमीनलाई अब कम्पनी टीम इण्डियाको जर्सीको प्रमुख स्पन्सरको रूपमा रहन नसक्ने सूचित गरेका थिए। ड्रीम ११-सँग नाता तोड़िएपछि बीसीसीआईले अब चाँड़ै नयाँ टाइटल स्पन्सरको निम्ति निविदा जारी गर्न सक्छ। उल्लेखनीय छ, ड्रीम ११-ले २०२३-मा बायजूसको स्थानमा भारतीय क्रिकेट टीमको मुख्य प्रायोजक बन्ने अधिकार हासिल गरेको थियो। यस स्पन्सपशीप डीलको मूल्य लगभग ३५८ करोड़ रुपियाँ तय गरिएको थियो तर वर्तमान परिस्थितिहरूले गर्दा कम्पनी पछि हट्न वाध्य भयो। यस फसेलाले भारतीय क्रिकेट कण्ट्रोल बोर्ड मात्र नभएर खेल जगतको धेरै हिस्साहरूमा यसको असर देख्न पाइनेछ।
ड्रीम ११-ले लामो समयदेखि वैश्विक स्करमा क्रिकेट र अन्य खेलहरूमा प्रायोजन गर्दै आएको छ। कम्पनीको ब्राण्ड एण्डोर्स्ड सूचीमा दिग्गज खेलाड़ीहरू रहेका छन्, जसमा महेन्द्र सिंह धोनी, रोहित शर्मा, हार्दिक पाण्ड्या, रिषभ पन्त र जसप्रीत बुमराह पनि सामेल छन्। ड्रीम ११ भारत बाहिर क्यारेबियन प्रीमियर लीगको आधिकारिक फेण्टेसी पार्टनर र सुपर स्म्याशको टाइटल प्रायोजक हो। अष्ट्रेलियाको घरेलु टी२० प्रतियोगिताहरू बिग ब्याश लीग र महिला बिग ब्याश लीगमा पनि कम्पनीको उपस्थिति रहेको छ। यसबाहेक कम्पनीले २०१८-मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-सँग पनि साझेदारी गरेको थियो। ड्रीम ११ इण्डियन सुपर लीग र प्रो कबड्डी लीगको साथमा अन्तर्राष्ट्रिय हकी महासंघको पनि आधिकारिक फेण्टसी पार्टनर हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement