ईंग्लिश प्रीमियर लीगः म्यानचेष्टर युनाइटेडको दयनीय प्रदर्शनको क्रम जारी

IMG-20250825-WA0065

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा म्यानचेष्टर युनाइटेडको दयनीय प्रदर्शनको क्रम जारी रह्यो। आइतवार राति खेलिएको म्याचमा म्यानचेष्टर युनाइटेडलाई फूलह्यामले १-१-को ड्र-मा रोक्यो। प्रीमियर लीग सीजनको पहिलो म्याचमा आर्सनलविरुद्ध हारपछि दोस्रो म्याचमा पनि ड्र-को सम्मुखीन हुँदा युनाइटेडलाई गतिलो झट्का लागेको छ। आफ्नो होम ग्राउण्डमा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने फूलह्यामले म्यानचेष्टर युनाइटेडलाई लगातार दबाउमा राख्यो। मध्यान्तरसम्म दुवै टीमले गोल गर्न सकेन। त्यसपछि दोस्रो हाफको ५८औं मिनटमा फूलह्यामका फरवर्ड रोड्रिगो मुनिजले आत्मघाती गोल गर्दा म्यानचेष्टर युनाइटेडलाई बढ़त हासिल भयो। एक गोलले पछाड़िने फूलह्यामले पनि चाँड़ै बराबरी हासिल गऱ्यो। सब्स्टीट्यूड खेलाड़ी एमिल स्मिथ रोवेले ७३औं मिनटमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। यस ड्र पछि फूलह्याम २ वटा म्याचमा २ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको १३औं स्थानमा रहन पुग्यो। यसरी १६औं स्थानमा रहने युनाइटेडसँग केवल १ पोइण्ट रहेको छ। नटिंघम फरेष्ट र क्रिस्टल प्यालेसबीच खेलिएको म्याच पनि १-१-ले ड्र रह्यो। इस्माइला सारले ३७औं मिनटमा होम टीम क्रिस्टल प्यालेसलाई बढ़त दिलाए पनि कलम हडसन-ओडोइले ५७औं मिनटमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। नटिंघम फरेष्ट ४ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा चौथो स्थानमा रहेको छ। अन्य एउटा म्याचमा एभर्टनले ब्राइटनलाई २-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement