गान्तोक: विद्या भारती सिक्किम प्रान्तअन्तर्गत पूर्व सिक्किमको नान्डोकमा सञ्चालित नवनिर्मित सरस्वती संस्कार केन्द्रमा आयोजित एक कार्यक्रममा प्रान्त कार्यालय तादोङका मोहन शर्मा र लिलाजीले भाग लिएका थिए। कार्यक्रमको क्रममा संस्कार केन्द्रको सञ्चालन, उद्देश्य र भावी योजनासम्बन्धी विस्तृत जानकारी प्रदान गरियो। यस केन्द्रलाई अझ प्रभावकारी, अनुशासित र मूल्याधारित शिक्षण–अधिगमको उत्कृष्ट केन्द्रका रूपमा विकसित गर्ने प्रेरणा दिइएको थियो। यस अवसरमा, सरस्वती संस्कार केन्द्र परिवारले प्रान्तीय टोलीप्रति आभार व्यक्त गरेको छ। यस अवसरमा केन्द्रमार्फत बालबालिकामा संस्कार, शिक्षा र राष्ट्रिय चेतनाको उज्यालो फैलाउने संकल्प लिएको छ।