सिक्किमलाई ‘सेन्टर फर इनोभेसन इन पब्लिक सिस्टम्स अवार्ड’

IMG-20250824-WA0099

गान्तोक: राज्य सरकारको शिक्षा विभागलाई यसको प्रमुख डिजिटल पहल, शिक्षा अनुगमन र व्यवस्थापन सूचना प्रणालीको लागि प्रतिष्ठित सेन्टर फर इनोभेसन इन पब्लिक सिस्टम्स अवार्ड २०२४ प्राप्त भएको छ। हैदराबादको एडमिनिस्ट्रेटिभ स्टाफ कलेज अफ इन्डियाअन्तर्गत स्थापित सेन्टर फर इनोभेसन इन पब्लिक सिस्टम्सले देशभरिका शासनमा नवीन अभ्यासहरूलाई प्रवर्द्धन र मान्यता दिँदै ईएको छ। सीआइपीएस अवार्डले सार्वजनिक सेवा वितरणमा दक्षता, पारदर्शिता, जवाफदेहिता र नवीनता प्रदर्शन गर्ने पहलहरूलाई सम्मान गर्दछ, जसले अन्य राज्यहरूमा प्रतिकृतिको लागि उत्कृष्ट अभ्यासहरू प्रदर्शन गर्ने मञ्चकोरूपमा सेवा प्रदान गर्नेछ। नवप्रवर्तनहरू शिक्षा, वातावरण, सूचना प्रविधि र ग्रामीण विकास जस्ता विभिन्न क्षेत्रहरूमा प्रमुखता दिने गरेको छ। उक्त पुरस्कार स्कूल शिक्षाका सचिव टाशी छोपेल लेप्चाले ग्रहण गरेका हुन् भने जम्मू-कश्मीरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाको बाहुलीबाट पुरस्कार प्रदान गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement