एसयूकी प्रोफेसर डा. सन्ध्या थापालाई ‘मंगर गौरव सम्मान’

IMG-20250824-WA0098

गान्तोक: मंगरजोङ साहित्यिक पत्रिका सम्पादक समितिको पहलमा आज विकास क्षेत्रस्थित एससी भवनमा मंगर गौरव सम्मान कार्यक्रम आयोजन गरियो। यस अवसरमा मुख्य अतिथिकोरूपमा उपस्थित सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका विधायक अदित्य गोलेको बाहुलीबाट सम्मान अर्पण गरियो। यस कार्यक्रममा मंगर जातिका विभिन्न क्षेत्रसित संलग्न विशिष्ट व्यक्तिहरूलाई सम्मान जनाइयो। जसले विभिन्न क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेका थिए। यस क्रममा सिक्किम विश्वविद्यालयकी प्रो. डा. सन्ध्या थापालाई मंगर गौरव सम्मान-२०२५ ले सम्मानित गरियो। सोही प्रकारले मंगर समुदायबाट विभिन्न क्षेत्रमा उपलब्धि हासिल गर्ने डा. रचना राणा, ओएसडीद्वय करण मंगर, रेमन थापा लगायत अन्यलाई सम्मान जनाइयो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि विधायक गोलेले यस प्रकारको कार्यक्रमका लागि आयोजक समितिलाई धन्यवाद दिए। यस प्रकारको कार्यक्रम अरू समुदायले पनि आयोजन गर्नुपर्ने सुझाउ दिए। यस कार्यक्रमबाट आफू प्रभावित भएको उल्लेख गरे। मंगर समुदायबाट यदि कसैले पुस्तक प्रकाशित गर्न चाहेमा व्यक्तिगत साथै सरकारको तर्फबाट सहयोग प्रदान गर्ने वचन विधायक गोलेले दिए। उनले सोरेङ जिल्लामा निर्माणाधीन अवस्थामा रहेको मंगरजोङको ढिलाइँबारे चिन्ता व्यक्त गर्दै यस विषयमा मुख्यमन्त्री प्रेमसिंह तामाङ स्वयंले ठेकेदारलाई निर्माण कार्यमा विलम्ब नगर्ने निर्देश दिइसकेको अवगत गराए। आगामी दिसम्बर महिनामा मंगरजोङमा अन्तर्राष्ट्रीयस्तरको कार्यक्रम आयोजन गर्ने विधायक गोलेले आयोजक समितिलाई सुझाउ दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement