गान्तोक: हिमालयन फुटप्रिन्ट कोपरेटिभ सोसाइटी र पर्यटन सरोकारवालाहरूको सहकार्यमा सहासिक खेल कार्यक्रम गो सदाम २०२५ आगामी २१ देखि २३ नोभेम्बरसम्म आयोजना हुने भएको छ। यस कार्यक्रमको मुख्य नारा “गाउँको बाटोबाट विश्वसम्मको कथा” राहेको छ, जसले समुदाय–आधारित पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
यसै सन्धर्भमा आज पर्यटन तथा नागरिक उड्डयन विभागका अध्यक्ष सोनाम नोर्गे लाचुङ्गपाले स्थानीय रामिते ड़ाँड़ाको प्याराग्लाइडिङ क्षेत्र, सय वर्ष पुरानो गुप्ती पुरानो बारी को हेरिटेज होम र माथिल्लो शुक्राबारे, सदामस्थित सोम प्रधान र कमल राईका फ्लोरिकल्चर बघैंचाहरू अवलोकन गर्नका साथै नाम्ची जिल्लाकी जिल्ला अध्य्क्ष अन्जीता राजलीम र हिमालयन फुटप्रिन्ट कोपरेटिभ सोसाइटीका प्रतिनिधिहरूसँग अनऔपचारीक भेट गरेर आगामी कार्यक्रम बारे जानकारी लिएका छन्।
जानकारी गराईन्छ, कार्यक्रम गो सदाम २०२४ अन्तर्गत पर्यटकहरूले हेरिटेज पर्यटन, एस्ट्रो–टुरिज्म, इको–एडभेन्चर, स्टार गेजिङ, प्याराग्लाइडिङ तथा फ्लोरिकर्चर पर्यटन जस्ता विषयमा अनुभव प्राप्त गर्न सक्नेछन्। यसका साथै स्थानीय बासिन्दाहरूका घरहरूलाई साना होमस्टेमा रूपान्तरण गरिएको छ, जहाँ परम्परागत सिक्किमेली खानपान र संस्कृति प्रस्तुत गरिनेछ।
यसले स्थानीय बासिन्दाको जीविकोपार्जनमा सहयोग पुर्याउने मात्र नभई सांस्कृतिक मौलिकताको संरक्षणमा पनि योगदान पुर्याउने आयोजकहरूले विश्वास व्यक्त गरेको छ।
गो सदाम २०२५ कै अवसरमा प्री एशियन प्याराग्लाइडिङ च्याम्पियनशीप लीग र एक्यूरेशी कप टुर्नामेन्ट पनि आयोजना गरिने जसको निम्ति फेडरेशन अफ् अरोनोटिक इन्टरनेशनलबाट मञ्जुरी पनि प्राप्त भएको आयोजक पक्षले जानकारी गराएको छ। प्राप्त जानकारी अनुसार अहिलेसम्म यस च्याम्पियनशीपको निम्ति १३ वटा देशका खेलाड़ीले नाम दर्ता गराइसकेका छन्।