गान्तोक: केही शीर्ष नेताहरूले भटाभट पार्टी त्यागिरहेको समय सिटिजन एक्शन पार्टी, सिक्किममा केही नयाँ सदस्य जुड़ेका छन्। पार्टीले प्रेस विज्ञप्ती जारी गरेर जानकारी गराएअनुसार आज एउटा कार्यक्रमबीच पूर्व सिक्किमको नामथाङ रातेपानी र ४ माइल, भस्मे, पूर्व पाण्डमका केही व्यक्तिहरू आधिकारिक रुपमा सिटिजन एक्शन पार्टी, सिक्किममा सामेल भए।
पार्टी अध्यक्ष गणेश कुमार राईले नयाँ सदस्यहरूलाई खादा लगाएर औपचारिक रुपमा पार्टीमा स्वागत जनाए।









