नयाँ दिल्ली: एशियाई शूटिंग च्याम्पियनशीपमा आइतवार ऐश्वर्य प्रताप सिंह तोमरले पुरुषहरूका ५० मीटर राइफल थ्री पोजिशनमा स्वर्ण पदक जिते। तोमरले फाइनलमा ४६२.५-को स्कोर गरी शीर्ष स्थान हासिल गरे। चीनका वेनयू झाओले ४६२ पोइण्ट्सको साथ रजत पदक जिते। काँस्य पदक जापानका नाओया ओकाडा (४४५.८ पोइण्ट्स)-लाई प्राप्त भयो। तोमरले यस स्पर्धामा आफ्नो वर्चस्व कायम राखे। यस २४ वर्षीय शूटरले नीलिंग पोजिशनमा असाधारण प्रदर्शन गरे तर त्यसलाई प्रोन पोजिशनमा दोहोऱ्याउन सकेनन्। उनले पछिबाट स्ट्याण्डिंग चरणमा असल प्रदर्शन गरे अनि १.५ भन्दा अधिक पोइण्ट्सको बढ़तको साथ प्रतियोगिताको अन्तिम चरणमा प्रवेश गरेपछि विजेता बने। यस स्पर्धामा हिस्सा लिने अन्य भारतीय शूटरहरूमा चैन सिंह चौथो स्थानमा रहे जबकि अखिल श्योराण फाइनलमा पाँचौं स्थानमा रहे।