खरसाङमा दुईवटा स्वास्थ्य शिविरको आयोजना

IMG-20250824-WA0085

खरसाङ: खरसाङको नयाँ बजारस्थित टाउन हलमा आज दुईवटा स्वास्थ्य शिविर सञ्चालन भयो। एक ब्रह्म कुमारी खरसाङ अनि लायन्स क्लबको सँयुक्त तत्वावधानमा रक्तदान शिविर अनि दोस्रो योग रवि, चेन्नई द्वारा सञ्चालित निःशुल्क रुद्राक्ष अकुप्रेसर शिविर। खरसाङ ब्रम्हकुमारी ईश्वरीय विश्व विद्यालय(ओम शान्ति) को तत्वावधानमा रक्तदान शिविरको आयोजन खरसाड नयाँ बजारमा‌अवस्थित सार्वजनिक भवनमा सम्पन्न गरिएको थियो भने खरसाङ लायन्स क्लब एवं रेड क्रस सोसाइटीद्वारा रक्तदान संकलन गरेका थिए। लायन्स क्लबका महासचिव आयुष गुप्ता अनुसार आजको रक्तदान शिविरमा मानिसहरूले जोशपुर्ण सहयोग दिएका छन्। त्यसरी नै टाउन हलको भुइँ हलमा गत २२ तारिकदेखि निःशुल्क रुद्राक्ष अकुप्रेसर शिविर चली रहेको छ। शिविरका संयोजक दीप भाइ अनुसार तीन दिनमा ४०० भन्दा बढी मानिसहरूले शिविरमा भाग लिइसकेका छन्। नाडि परीक्षा र रुद्राक्ष उपचार मार्फत योग रवि अनुसार ९५% बिमारी निको भएका छन् अथवा रोगीको बिमारमा प्रगति आएको छ।

यस उपचारको निम्ति रोगीले २ सेसनमा भाग लिनु पर्नेछ। शिविर समय बिहान: १०:०० बजे देखि १२:०० बजे सम्म अनि साँझ: ३:०० बजे देखि ५:०० बजे सम्म चलीरहेको छ। शिविर ३० अगस्तको दिन समापन हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement