खरसाङ: घैयाबारी नेताजी हाई स्कूलमा अवकाशप्राप्त सह-शिक्षिका अनिता गजमेरको विदाई समारोह सम्पन्न गरियो। उनले ३९ वर्षको लामो समयसम्म नेताजी हाई स्कूल घैयाबारीमा मा सेवा पुराएकी थिएन्। उनको यस विदाई समारोह कार्यक्रममा विशेष गरेर स्कूलका सचालन समितिका सभापति केवल राई, भूतपूर्व शिक्षक प्रभारी शेखरचन्द्र प्रधान,भूतपूर्व सह-शिक्षक किशोर क्षेत्री, भूतपूर्व शिक्षिका ईन्दिरा गुरूङ,भूतपूर्व अशिक्षणकर्मी भीमराज खाती, घैयाबारी नेताजी प्राथमिक पाठशालाका प्रधान अध्यापक विजय कुमार गुरूङ अनि उनका सह-शिक्षक शिक्षिका साथै भूतपूर्व विधार्थीहरुको विशेष उपस्थिति रहेको थियो। यस कार्यक्रममा स्कूलका नानीहरुले नृत्य, गीत, कविता वाचन, नाटक प्रदर्शनी गरिएको थियो। यसको साथै अवकाशप्राप्त गुरुमा अनिता गजमेर सम्बन्धि वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो। यस विदाई कार्यक्रममा विद्यालय पक्षबाट गुरूमा अनिता गजमेरलाई स्कूलका प्रधान अध्यापक दिनेस प्रधानले शल ओढाएर, सम्वर्ध्दना पत्र साथै स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। यसको साथै विद्यालयका नानीहरुले पनि गुरुमालाई खदा माला लगाएर सम्मान जनाए।

कार्यक्रमलाई भूतपूर्व शिक्षक प्रभारी शेखरचन्द्र प्रधानले सम्बोधन गरेका थिए।यस कार्यक्रममा शिक्षिका अनिता गजमेरले विद्यालयका नानीहरुको निम्ति केही आर्थिक सहयोग पनि प्रदान गरिन्।









