सोनादा: युनाइटेड भेटरेन्स सोनादाको एक सभा मनिष राईको अध्यक्षतामा सम्पन्न भएको छ। मन्दिप राईले सञ्चालन गरेको सभामा किरण छेत्री, बुध्द राई अनि क्लबका सदस्यहरू उपस्थित रहेका थिए। सभामा गत १५ अगस्तको दिन क्लबद्वारा सञ्चालन गरेको भेटरेन्स फुटबल अनि अण्डर १४ फुटबल टुर्नामेन्ट विषयमा चर्चा परिचर्चा गर्दै हर हिसाब विषयमा छलफल गरिएको छ। सभामा क्लबको तर्फबाट आगामी दिनमा आयोजना गरिने विभिन्न कार्यक्रमहरु विषयमा छलफल साथै क्लबको विभिन्न प्रोजेक्टहरु विषयमा चर्चा परिचर्चा गरिएको छ। सभामा उपस्थित सदस्यहरुले आफ्नो आफ्नो सुझावहरु राखेका थिए। उल्लेखनीय छ भेटरेन्स क्लब सोनादाले फुटबललाई लिएर विभिन्न टुर्नामेन्टहरु आयोजना गर्दै आईरहेका छन् भने विभिन्न कार्यहरु पनि गर्दै आईरहेका छन्।