खरसाङ: याक्थुङ लिम्बु सुब्बा तीनधारे शाखाको सभा तीनधारेको गोलाई पाखास्थित मित्रमा सम्पन्न भएको छ। उक्त याक्थुङ लिम्बु सुब्बा तीनधारे शाखाको वार्षिक साधारण सभा सुहाङ सुब्बाको सभाध्यक्षमा सम्पन्न भयो। सभामा उपस्थित पदाधिकारीहरूलाई खदार्पण गरिएपछि समितिका दिवंगत सदस्य सदस्याहरूलो स्मरण गर्दै १ मिनटको मौन धारण गरियो। त्यसपछि समितिका मूल सचिव रबी सुब्बाले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। समितिका कोषाध्यक्ष रोशन लिम्बुले समितिको वार्षिक आय व्यायको विवरण बताएका थिए। समितिको दिवंगत सदस्य सदस्याहरू क्रमैले स्व मनि कुमार सुब्बा तीनधारे, स्व. किशन लिम्बु तीनधारे अनि सानु नानी स्व ग्रीशा लिम्बु २ नम्बर बस्तीको परिवारलाई शोक सम्वेदना पत्र प्रदान गरियो।

मूल संरक्षक शरण सुब्बाको सम्बोधनमा लिम्बु सुब्बाले आफ्नो भाषा संस्कृति रहन सहन आदिमा लागि पर्नु पर्ने कुरोमा जोड दिदै सम्पूर्ण लिम्बु जाति एक सूत्रमा बाँधिनु पर्ने जनाउनु बताएका छन्। समिति सञ्चालनको निम्ति पुनः यसै समितिलाई यथावत राख्ने निर्णय सभामा गरियो। सभालाई सभाध्यक्षको सम्बोधनपछि बर्खास्त गरियो भनी समितिको प्रचार प्रसार सचिव हेम सुब्बाले जानकारी गराएका छन्।