स्पेनिश ला लीगाः बार्सिलोनाको संघर्षपूर्ण जीत, एट्लेटिको म्याड्रिडको ड्र

IMG-20250824-WA0064

म्याड्रिड: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा गत सीजनको च्याम्पियन बार्सिलोनाले संघर्षपूर्ण जीत हासिल गऱ्यो। यसबीच एट्लेटिको म्याड्रिड फेरि निराशाजनक प्रदर्शन गर्दै ड्र-मा रोकियो। शनिवार राति खेलिएको म्याचमा बार्सिलोनाले लेवान्तेलाई ३-२-ले पराजित गऱ्यो। म्याचमा मध्यान्तरसम्म बार्सिलोना २ गोलले पछि रहेको थियो तर दोस्रो हाफमा असाधारण पुनरागमन र सामान्य भाग्यको साथ पाएर टीमले संघर्षपूर्ण जीत हासिल गऱ्यो। यस अवे म्याचमा ८२ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोना शुरुमै पछाड़ियो। इवान रोमेरोले १५औं मिनट र जोसे लुईस मोरालेसले इञ्ज्युरी टाइमको सातौं मिनटमा पेनल्टीबाट गोल गरी लेवान्तेलाई पहिलो हाफमै २-०-को बढ़त दिलाए। यसरी निराशाजनक शुरुवातपछि बार्सिलोनाले दोस्रो हाफमा पुनरागमन गऱ्यो। पेड्रीले ४९औं र फेरान टोरेसले ५२औं मिनटमा गोल गरी स्कोर २-२-को बराबरीमा पुऱ्याए। अन्तमा लेवान्तेका डिफेण्डर युनाइ एल्गेजाबालले इञ्ज्युरी टाइमको पहिलो मिनटमा आत्मघाती गोल गर्दा बार्सिलोनाले म्याच जित्यो। यस जीतपछि बार्सिलोना २ वटा म्याचमा ६ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा ला लीगा पोइण्ट्स टेबलको शीर्ष स्थानमा पुग्यो।
यसबीच एट्लेटिको म्याड्रिडलाई चाहिँ एल्चेले १-१-को ड्र-मा रोक्यो। ला लीगा सीजनको आफ्नो पहिलो म्याचमै एस्पानयोलविरुद्ध हारको सम्मुखीन हुने एट्लेटिको म्याड्रिडले एल्चेविरुद्ध पनि मौकाहरूको फाइदा उठाउन सकेन। आफ्नो होम ग्राउण्डमा ५८ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिको म्याड्रिडलाई एलेक्जेण्डर सरलोथले ८औं मिनटमै बढ़त दिलाए, जुन अधिक समयसम्म टिक्न सकेन। राफा मीरले १५औं मिनटमा गोल गरी एल्चेलाई १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि एट्लेटिकोले लगातार प्रयास गरे पनि निर्णायक गोल हासिल गर्न सकेन। एल्चे २ वटा म्याचमा २ पोइण्ट्सको साथ दशौं स्थानमा रहेको छ। यसरी १३औं स्थानमा रहने एट्लेटिकोसँग केवल १ पोइण्ट रहेको छ। मालोर्का र सेल्टा विगोबीच खेलिएको म्याच पनि १-१-ले ड्र रह्यो। यसबाहेक रियल बेटिसले अलावेसविरुद्ध १-०-ले जीत हासिल गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement