भाजपा अध्यक्ष डीआर थापाकाे माझीटार रेलवे स्टेशनको भ्रमण

n67803402017559739234139ba6a90f47d2140396442eefe58b0ee210d0f133a24bada882d2a0077a662835

गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाले आज एक टोलीकाे साथ रम्फूमा माझीटार रेलवे स्टेशनको भ्रमण गरेर जारी रेलवे परियोजनाको समीक्षा गरेको छ।
यस प्रतिनिधि टोलीले महाप्रबन्धक पीके सागरसॅंग भेट गरे र परियोजनाको प्रगतिको बारेमा विस्तृत अन्तर्दृष्टि लिएक।
सिक्किमको कनेक्टिभिटी र आर्थिक विकासको लागि यस रेल परियोजनाको महत्त्वलाई जोड दिँदै थापाले कामलाई तीव्रता दिन स्थानीय स्तरमा पूर्ण सहयोगको आश्वासन दिए। यस भ्रमणले पूर्वाधार विकासप्रति भाजपाको प्रतिबद्धतालाई प्रकाश पार्दछ भने यस परियोजनाले पर्यटन र व्यापारलाई बढावा मिल्ने भाजपाले आज प्रेस विज्ञप्तिमा बताएको छ। प्रदेश अध्यक्ष थापाले स्थानीय चुनौतीहरू समाधान गर्दै सहकार्यात्मक प्रयासहरू मार्फत समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

About Author

Advertisement