नामथाङ: दक्षिण जिल्लाको नामथाङ रातेपानी निर्वाचन क्षेत्रअन्तर्गत करेक काब्रे ग्राम पञ्चायत इकाईको काब्रे गाँउमा नेवार जातिको महान पर्व इन्द्रजात्रा समारोह भव्यताका साथ राज्य स्तरीय रूपमा पालन गरिने भएको छ। जसको तयारी कार्य काब्रे वार्डमा युद्ध स्तरमा चलिरहेको छ।आज क्षेत्र विधायक सञ्जित खरेलले तयारी कार्यको स्थलगत निरिक्षण भ्रमण गरे। उनको साथमा क्षेत्र अध्यक्ष नरेश सुब्बा, विभिन्न विभागका ओएसडी, जिल्ला र ग्राम पञ्चायत सदस्यहरू, राज्य स्तरीय नेवार गुथी कार्यकारी समेति, नाम्थाङ रातेपानी निर्वाचन क्षेत्रका सम्पुर्ण नेवार गुथी समेतिका प्रतिनिधिहरू, वरिष्ठ नागरिक, कार्यक्रम आयोजक समितिका सदस्यहरू लगायत स्थानीय जनता उपस्थित थिए। यसै अवसरमा सम्पन्न समन्वय सभामा इन्द्रजात्राको पुजा तीन दिनसम्म सम्पन्न हुने र सो अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको गरिमामय उपस्थिति रहने जानकारी गराइएको छ। इन्द्रजात्रा पर्व नेवार जातिको मात्र नभएर सम्पुर्ण सिक्किमे जातिको नै रहेकोले यस पर्व लाई सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा गर्दै विधायक खरेलले सबै अघि आएर कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न आवहान गरेका छन्।