शिरिजङ्गा याकथुङ साकथिम फोजुम्बोको स्थापना दिवस

IMG-20250823-WA0088

सोरेङ: सोरेङ जिल्लाको थर्पुमा आयोजित शिरिजङ्गा याकथुङ साकथिम फोजुम्बोको ४५औं स्थापना दिवसको आज समापन कार्यक्रम सम्पन्न भयो। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले राज्यका लिम्बू समुदायलाई आफ्नो जातीय सङ्गठनको ४५औं स्थापना दिवसको बधाई दिँदै लगातार ४५ वर्ष यसरी भव्यतासित स्थापना दिवस पालन गरेर इतिहास नै कायम गरेको बताए।
मुख्यमन्त्रीले अघि भने, शिरिजङ्गा याकथुङ साकथिम फोजुम्बोले लिम्बू समुदायको भाषा, साहित्य, वेषभूषा, सांस्कृतिक, संस्कार साथै पारम्पारिक चिजबिजलाई संरक्षण र सम्बर्द्धन गरेको छ। यसै अवसरमा उनले थर्पु सांस्कृतिक भवन परिसरमा प्रेक्षागृहको निर्माण, थर्पुको सभा स्थलमा लिम्बू समुदायको पारम्परिक डिजाइनमा सेट, सड़क छेवैमा अवस्थित थर्पु स्कूलमा फ्लाइओभर, छोटा साम्दुङमा पशु चिकित्सक केन्द्र र युमा माङहिम, थर्पुमा प्रणामी मन्दिर साथै राज्यका सबै जिल्लामा सेवानिवृत्त कर्मचारीहरुको निम्ति सुविधायुक्त कल्याण पार्क निर्माण गर्ने घोषणा पनि गरे।
कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी शारदा तामाङ, मन्त्री भीम हाङ सुब्बा तथा मन्त्री परिषदका अन्य सदस्यगण, लोकसभा सांसद इन्द्र हाङ सुब्बा, क्षेत्र विधायक एवं समारोह समितिका प्रमुख संरक्षक आदित्य गोले साथै अन्यहरूको विशेष उपस्थिति रहेको थियो भने सोरेङ जिल्ला अनि वरपर क्षेत्रबाट बाक्लो सङ्ख्यामा सर्वसाधरणको उपस्थिति रहेको थियो।
कार्यक्रममा मुख्यमन्त्री साथै आमन्त्रित अतिथिहरुले लिम्बू समुदायसित आधारित पुस्तक, पोस्टर र एल्बमहरुको लोकार्पण गरियो। यसरी नै कार्यक्रमबीच मुख्यमन्त्री तामाङले मुख्यमन्त्री विवेकाधीन अनुदानबाट टिम्बुरबुङ माङ्हिम कमिटी र युमा माङ्हिम कमिटी छोटा साम्दुङलाई दस दस लाख रुपियाँको चेक प्रदान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement