गान्तोक: विस्तृत वित्तीय समावेशी हासिल गर्ने दिशामा राज्यस्तरीय ब्याङ्कर समिति (एसएलबीसी), सिक्किमद्वारा नाम्चीको नगर भवनमा वित्तीय समावेशन शिविर आयोजित गरियो। उक्त अवसरमा नाम्ची अनि वरिपरिको क्षेत्रका लाभार्थीहरुले भाग लिए भने दुवै ११ नाम्ची-सिङ्गिथाङ अनि पोकलोक-कामराङका स्थानीय जनप्रतिनिधि, नागरिक अनि परिवारले उत्साहका साथ सहभागिता जनाए। यस अवसरमा नाम्ची-सिङ्गिथाङ निर्वाचन क्षेत्रका विधायक सतीशचन्द्र राई मुख्य अतिथिकोरूपमा उपस्थित थिए भने उनको साथमा आरबीआइका क्षेत्रीय निर्देशक टी. तामाङ विशेष अतिथिका रूपमा उपस्थित थिए। यस शिविरमा विभिन्न वित्तीय सेवासम्म व्यक्तिहरूलाई सुगम्यताको मञ्चका साथै आफ्नो वित्तीय हितका लागि सुसूचित निर्णय लिन सक्षम बनाउन वित्तीय साक्षरता पनि प्रदान गरियो। शिविरमा ५ पीएमजेडीवाई खाता खोलियो भने १०१ जनाको नाम पीएमजेजेबीवाई, १६३ व्यक्तिको नाम पीएमएसबीवाई, ३१ जनाको नाम एपीवाई अन्तर्गत दर्ता गरियो भने २३५ पुनः केवाईसी प्रक्रिया पूरा गर्नका अतिरिक्त १२ पीएमजेडीवाई-केवाईसी प्रक्रिया पनि पूरा गरियो। वित्तीय सेवा विभागद्वारा गत १ जुलाईदेखि शुरु गरिएको राष्ट्रव्यापी तीन महिना लामो अभियान आगामी ३० सेप्टेम्बरसम्म चल्नेछ भने यो वित्तीय समावेशन बढाउन, सुरक्षित ब्याङ्किङ प्रथाबारे जागरूकता फैलाउन र सबै ग्राम पञ्चायत अनि शहरी स्थानीय निकायमा विभिन्न सरकार प्रायोजित योजनाहरू अन्तर्गत तत्काल नाम दर्ता गराउन लक्षित रहेको छ।