शूटिंगमा भारतको झोलीमा स्वर्ण पदक

IMG-20250823-WA0092

नयाँ दिल्ली: भारतका अर्जुन बाबुता र इलावेनिल वलारिवानको जोड़ीले शनिवार १६औं एशियाई शूटिंग च्याम्पियनशीपमा स्वर्ण पदक हासिल गऱ्यो। यस भारतीय जोड़ीले १० मीटर एयर राइफल मिश्रित टीम स्पर्धामा स्वर्णिम सफलता हासिल गऱ्यो। अर्जुन र इलावेनिलको जोड़ीले चीनका डिंगके लू र शिनलु पेंगकी जोड़ीलाई १७-११-ले पराजित गरी देशलाई स्वर्ण पदक दिलायो। शुरुवाती चरणमा चीनको जोड़ी अघि रहे पनि भारतीय जोड़ीले ९.५ र १०.१-को स्कोरको साथ असाधारण पुनरागमन गर्दै स्वर्ण जित्यो। इलावेनिलको यो यस च्याम्पियनशीपमा दोस्रो स्वर्ण पदक हो। यसअघि उनले महिलाहरूकी १० मीटर एयर राइफलमा स्वर्ण पदकमा निशाना लगाएकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement