डूरण्ड कपः नर्थईष्ट युनाइटेड एफसी लगातार दोस्रोपल्ट च्याम्पियन

IMG-20250823-WA0091

काेलकत्ता: प्रतिष्ठित डूरण्ड कपको १३४औं संस्करणमा नर्थईष्ट युनाइटेड एफसी च्याम्पियन भयो। एशियाको सबैभन्दा पुरानो फूटबल टुर्नामेण्टअन्तर्गत शनिवार खेलिएको फाइनलमा नर्थईष्ट युनाइटेडले डायमण्ड हार्बर एफसीलाई सजिलैसँग ६-१-ले पराजित गऱ्यो। टुर्नामेण्टको यो नर्थईष्ट युनाइटेडको लगातार दोस्रो खिताब हो। शनिवार विवेकानन्द युवा भारती क्रीड़ांगणमा नर्थईष्ट युनाइटेडले पहिलोपल्ट फाइनल खेलिरहेको डायमण्ड हार्बर एफसीलाई एकतर्फी तरिकाले परास्त गऱ्यो। म्याचमा विजेता टीमको निम्ति अशीर अख्तर (३०औं मिनट), प्रथीब गोगोई (मध्यान्तरको ठीक इञ्ज्युरी टाइमको पहिलो मिनट), थोई सिंह (५०औं मिनट), जाइरो (८१औं मिनट), आन्द्रेस जो (८६औं मिनट) र अजाराई (इञ्ज्युरी टाइमको तेस्रो मिनट)-ले गोल गरे। डायमण्ड हार्बर एफसी को निम्ति एकमात्र गोल लुका माजचेनले ६९औं मिनटमा गरे। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई १.२१ करोड़ रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई ६० लाख रुपियाँँको नगद पुरस्कार प्रदान गरियो। यसरी सेमिफाइनलमा हार्ने प्रत्येक टीमलाई २५ लाख रुपियाँ गरेर प्रदान गरियो। नर्थईष्ट युनाइटेड टीमका अलाद्दीन अजाराईले गोल्डन बल (प्लेयर अव् द टुर्नामेण्ट) र गोल्डन बूट (हाईएस्ट स्कोरर, ८ गोल) को पुरस्कार जिते। च्याम्पियन टीमकै गुरमीत सिंहले गोल्डन ग्लभ्स पुरस्कार जिते। व्यक्तिगत पुरस्कार जित्ने खेलाड़ीहरू प्रत्येकलाई ३ लाख रुपियाँ गरेर नगद पुरस्कार र एसयूभी गाड़ी प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement