खरसाङ: आज खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर ७ लोवर शेर्पा बस्तीमा सर्वोदय संघकाे भवनमा बाल विकास कक्षाकाे शुरुआत भएको छ। विशेष सर्वोदय संघकाे शिक्षित युवतीहरुकाे समहूले गाउँको नानीहरूलाई सुमार्गमा दोहर्याउनु आजदेखि बाल विकास कक्षा खरसाङ साई समितिकाे सहयोगमा शुरुआत गरेका छन्। आजको कार्यक्रममा मुख्य अतिथिको रुपमा क्षेत्रीय सभासद श्याम शेर्पा उपस्थित रहेका थिए। उनको बहुलीबाट दियो बालेर कार्यक्रमकाे थाल्नी गरियो भने उक्त कार्यक्रममा नानीहरूसित अभिभावक अनि गाउँका वरिष्ठ नागरिकहरुकाे पनि उपस्थिति रहेको थियोे।खरसाङ साई समितिबाट आएका गुरुमा जयन्ती आले, गीता प्रधान अनि राखी प्रधानले बालविकास कक्षा कसरी सञ्चालन गर्ने भनी सिकाएका छन्। कार्यक्रममा आफ्नो वक्तव्यमा सभासद श्याम शेर्पाले ती सचेत र शिक्षित युवतीहरुप्रति आभार प्रकट गरे जसकाे सोचले आजदेखि लोवर शेर्पा बस्तीमा बालविकाश कक्षाकाे शुरुआत भयो। यसको साथै सहयोग गर्ने सम्पूर्ण गाउँवासीहरुलाई पनि धन्यवाद ज्ञापन गरेका छन्। उनले उक्त बालविकास केन्द्र सञ्चालन गर्नुमा केही अवश्यकता परे सदैव सहयोग गरिदिने वचन दिए। उक्त कार्यक्रममा वरिष्ठ नागरिक पासाङ लामा अनि फुरलमु शेर्पाले पनि वक्तव्य राखेको थिए।