वाशिंगटन डीसी-मा निकालिनेछ फिफा वर्ल्ड कप २०२६-को आधिकारिक ड्र

IMG-20250823-WA0071

वाशिंगटन: विश्वको सबैभन्दा ठूलो खेल आयोजनहरूमा एक फिफा पुरुष वर्ल्ड कप २०२६ अब अझ भव्य हुनेछ। पहिलोपल्ट टुर्नामेण्टमा जम्मा ४८ वटा देशले हिस्सा लिनेछ अनि जम्मा १०४ वटा म्याच खेलिनेछ। यस ऐतिहासिक टुर्नामेण्टको ड्र अब लास वेगासमा नभएर अमेरिकाको राजधानी वाशिंगटन डीसी-को प्रतिष्ठित केनेडी सेण्टरमा हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंले यस्तो घोषणा गरेका छन्। उनले २०२६ पुरुष फूटबल वर्ल्ड कपको ग्रुप ड्र यस साल दिसम्बरमा वाशिंगटन डीसी-मा गरिने घोषणा गरे। ओवल अफिसमा आयोजित एउटा कार्यक्रमको अवधि ट्रम्पको साथममा फिफा अध्यक्ष गियानी इन्फेण्टिनो पनि उपस्थित थिए। इन्फेण्टिनोले यस अवसरमा फिफा वर्ल्ड कपको ट्रफी पनि ल्याएका थिए। उनले बताएअनुसार, ड्र-को सीधा प्रसारण विश्वभरि हुनेछ अनि लगभग एक अरब मानिसहरूले हेर्नेछन्। कार्यक्रमको अवधि इन्फेण्टिनोले ट्रम्पलाई पनि ट्रफी पक्रिने मौका दिए। ट्रफी हातमा समातेर ट्रम्पले मुस्कुराउँदै प्रश्न गरे, के म यसलाई आफूसँग राख्न सक्छु? यो सुनको एउटा सुन्दर टुक्रा हो। इन्फेण्टिनोले पनि भने, केवल फिफा अध्यक्ष, देशहरूका राष्ट्राध्यक्ष र विजेताहरूले मात्र यसलाई (ट्रफी) छुन सक्छन् कारण यो केवल विजेताहरूका निम्ति हो। तपाईं विजेता भएको हुनाले यसलाई छुन सक्नुहुन्छ।
फिफा वर्ल्ड कप २०२६-को ड्र ५ दिसम्बरमा केनेडी सेण्टरमा हुने, जहाँ ट्रम्प चेयरम्यान हुन्। यसअघि टुर्नामेण्टको ड्र लास वेगासमा हुने अनुमान थियो कारण १९९४ वर्ल्ड कपको ड्र त्यहीँ निकालिएको थियो। फिफा वर्ल्ड कप २०२६-को आयोजन अमेरिका, कनाडा र मेक्सिकोमा हुनेछ। ड्र-मा ४८ वटा टीमलाई ४-४ वटा टीमको १२ वटा ग्रुपमा बाँड़िनेछ। प्रत्येक ग्रुपबाट शीर्ष २ वटा टीमको साथमा ८ वटा तेस्रो सर्वश्रेष्ठ टीमले नक्आउट चरणमा स्थान बनाउनेछ। फिफा अध्यक्षले ट्रम्पलाई फिफा वर्ल्ड कप फाइनलको टिकट पनि दिए। टुर्नामेण्टको फाइनल १९ जुलाईमा न्यू जर्सीको मेटलाइफ स्टेडियममा खेलिनेछ। फाइनल म्याचको आनन्द लिन रुसकी राष्ट्रपति भ्लादिमिर पुतिन पनि स्टेडियममा उपस्थित रहन सक्ने ट्रम्पले संकेत दिएका छन्। उल्लेखनीय छ, २०१८-मा राष्ट्रपतिको रूपमा ट्रम्पको पहिलो कार्यकालको अवधि अमेरिकालाई २०२६ फिफा वर्ल्ड कपको संयुक्त आयोजक बनाइएको थियो। सत्तामा फर्किएपछि ट्रम्पले आव्रजनमाथि ठूलो कार्वाही शुरु गरेका छन् तर उनले बताएअनुसार, अधिकांश फूटबलप्रेमीहरूका निम्ति नै वीजा प्राप्त गर्नु सजिलो हुनेछ। यसबीच केही देशका प्रशंसकहरूलाई चाहिँ वीजा पाउनु सामान्य कठिन हुनेछ। ट्रम्पले अफगानिस्तान, हैती र ईरानसहित १२ वटा देशबाट आउने मानिसहरूमाथि प्रतिबन्ध लगाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement