वेष्ट ह्यामविरुद्ध चेल्सीको ठूलो जीत

IMG-20250823-WA0055

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा चेल्सीले फराकिलो अन्तरले जीतको साथ फर्म हासिल गऱ्यो। शुक्रवार राति खेलिएको म्याचमा चेल्सीले वेष्ट ह्यामविरुद्ध ५-१-ले जीत हासिल गऱ्यो। प्रीमियर लीग सीजनको पहिलो म्याचमा क्रिस्टल प्यालेसविरुद्ध गोलरहित ड्र (०-०)-मा रोकिने चेल्सीले वेष्ट ह्यामविरुद्ध पनि शुरुमै गोल खायो तर रहल समयमा एकपछि अर्को ५ गोल गरी म्याच जित्यो। यस अवे म्याचमा ६० प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सी शुरुमै पछाड़ियो। लुकास पाक्वेटाले छैटौं मिनटमै होम टीमलाई बढ़त दिलाए। शुरुवातमै गोल खाएपछि चाहिँ चेल्सीले प्रतिद्वन्द्वी टीमलाई कुनै मौका दिएन अनि पहिलो हाफको खेलमै ३-१-को बढ़त हासिल गऱ्यो। जोआओ पेड्रोले १५औं, पेड्रो नेटोले २३औं र एञ्जो फर्नाण्डेजले ३४औं मिनटमा गोल गरे। त्यसपछि दोस्रो हाफमा पनि चेल्सीले ४ मिनटको अन्तरमा २ गोल गरी म्याच जित्यो। यस अवधि मोइजेस साइसेडोले ५४औं र ट्रेभो चालोभाले ५८औं मिनटमा गोल गरे। यस जीतको साथ चेल्सी २ वटा म्याचमा ४ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्ष स्थानमा पुग्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement