भारतीय महिला क्रिकेटर गौहर सुल्तानाले खेलबाट सन्न्यास लिइन्

IMG-20250823-WA0059

नयाँ दिल्ली: भारतीय महिला टीमकी देब्रे हातकी स्पिनर गौहर सुल्तानाले क्रिकेटको सबै प्रारूपबाट सन्न्यासको घोषणा गरिन्। उनले खेलको शीर्ष स्तरमा देशको प्रतिनिधित्व गर्नु सबैभन्दा ठूलो सम्मान रहेको बताइन्। यस ३७ वर्षीय खेलाड़ीले २००८-मा अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेकी थिइन्। सुल्तानाले भारतको निम्ति ५० वटा वनडे र ३७ वटा टी२० इण्टरनेशनल म्याच खेलिन्। उनले अन्तिमपल्ट अप्रेल २०१४-मा देशको प्रतिनिधित्व गरेकी थिइन्। यसबीच उनले घरेलु क्रिकेट खेल्न जारी राखिन्। उनले २०२४ र २०२५-मा महिला प्रीमियर लीगमा यूपी वरियर्सको प्रतिनिधित्व गरेकी थिइन्। सुल्तानाले बिहीवार सन्न्यासको घोषणा गर्दै सोशल मीडियामा लेखेकी छन्, वर्ल्ड कप र विभिन्न यात्राहरूमा शीर्ष स्तरमा भारतको प्रतिनिधित्व गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान रह्यो। यसमा मेरो कौशल र मानसिकताको परीक्षा भयो। सुल्तानाले वनडे म्याचहरूमा १९.३९-को औसतले ६६ अनि टी२० इण्टरनेशनलमा २६.२७-को औसतले २९ विकेट हासिल गरिन्। उनले २००९ र २०१३-मा २ वटा वनडे वर्ल्ड कप खेलिन् अनि ११ वटा म्याचमा १२ विकेट हासिल गरिन्। सुल्तानाले २००९-देखि २०१४-सम्म ३ वटा टी२० वर्ल्ड कपमा पनि हिस्सा लिइन् अनि ७ विकेट हासिल गरिन्। सुल्ताना वर्तमानमा बीसीसीआई-को लेवल २ प्रशिक्षक हुन्।

About Author

Advertisement