सजन कुमार अगरवाल सिक्किम मारवाड़ी समाजको अध्यक्ष चयनित

IMG-20250822-WA0141

गान्तोक: पछिल्ला करिब १३० वर्षदेखि रहँदै अनि व्यापार धन्धा गर्दै आएका सिक्किमका मारवाड़ी समुदाय पहिलोपल्ट साङ्गठनिक रुपमा अघि आएका छन्। पहिलोपल्ट औपचारिक रुपमा चुनाउ मार्फत सिक्किम मारवाड़ी समाजको गठन गरिएको छ। यसको निम्ति आज सङ्गठनका प्रमुख पदहरू अध्यक्ष र महासचिवको निम्ति चुनाउ भएको थियो। दुवै पदमा दुई-दुईजना उम्मेद्वार चुनावी मैदानमा थिए भने आ-आफ्नो प्रतिद्वन्द्वीलाई पछि पार्दै सजन कुमार अगरवाल अध्यक्ष अनि धिरज बन्सल महासचिव चुनिएका छन्।
प्राप्त जानकारीअनुसार यस अघि राज्यभरि विभिन्न बजारहरूमा चुनाउ मार्फत २७ जना सदस्यहरूको चयन गरिएको थियो। ती २७ निर्वाचित उम्मेद्वारले नै आज अध्यक्ष र महासचिव पदको निम्ति मतदान गरेका हुन्। आज चुनिएका अध्यक्ष र महासचिवले पछिबाट ती २७ निर्वाचित सदस्यहरूबाट चयन गरेर केन्द्रीय कार्यकारी समिति निर्माण गर्ने बताइएको छ।
नवनिर्वाचित अध्यक्ष सजन कुमार अगरवालले बताएअनुसार सिक्किममा १८९० सालदेखि नै मारवाड़ी समुदाय रहँदै आएका हुन्। तर, पहिलोपल्ट सिक्किमे मारवाड़ी समाज गठन गरिएको उनले बताए। आगामी दिनमा सङ्गठनको संविधान निर्माण अनि पञ्जीकरणको निम्ति पहल गरिने उनले थप बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement