ओभिया आर्ट सर्कल तीन दिवसीय कार्यशालाको तयारीमा

FB_IMG_1755886896132

गान्तोक: ओभिया आर्ट सर्कल, सिक्किमले आगामी २३ देखि २५ अगस्त २०२५ सम्म तीनदिने चित्रकला प्रदर्शनी तथा कार्यशाला जिरो पोइन्टस्थित भानु उद्यानमा आयोजना गरिरहेको छ। उक्त कार्यशालामा राज्यका वरिस्ठ तथा दिग्गज चित्रकारहरूको साथमा अतिथि कलाकारहरू नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट सहभागी बन्ने भएका छन्। संस्थाले यस कार्यक्रमको प्रमुख संरक्षककोरूपमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ रहनेछन्। राज्यमा चित्रकलाको विकास साथै जनमानसमा चित्रकलाप्रति सचेत गराउनका निम्ति ओभिया आर्ट सर्कलले धेरै अघिदेखि काम गर्दै आईरहेको छ। यसबाहेक सर्कलले धेरै स्वयं सेवकहरूको सहयोगमा राज्यका विभिन्न विद्यालयहरूमा प्रशिक्षण प्रदान गर्दै आइरहेको छ।
उक्त कार्यक्रममा राज्यका बरिस्ठ चित्रकारहरूको साथमा छिमेकी राष्ट्र, नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपतिको साथमा प्रतिष्ठित कलाकारहरू कलाकारहरू संजय वान्तवा, नरेन्द्र बहादुर श्रेष्ठ, महेन्द्र राई लगायत अन्यहरूले पनि सहभागिता जनाउने जानकारी गारइएको छ। यस प्रदर्शनीमा विशेष गरेर, गान्तोक वरिपरिका सरकारी विद्यालय अनि महाविद्यालका विद्यार्थीहरूले अंशग्रहण गर्ने अवगत गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement