राजधानीमा शुरू भयो राज्यस्तरी ब्याडमिन्ट टुर्नामेन्ट

IMG-20250822-WA0139

गान्तोक: सिक्किम ब्याडमिन्टन एसोसिएसनको वार्षिक क्यालेन्डरअनुरूप राजधानीस्थित पाल्जaर स्टेडियमको जिम्नेजियम हलमा ३४औं राज्यस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरू भएको छ। यस अवसरमा मुख्य अतिथिकोeरूपमा सामाजिक कल्याण विभागका मन्त्री साम्डुप लेप्चा रहेका थिए। साथमा गान्तोक नगरपालिकाकी उपमेयर छिरिङ पाल्देन भोटियालगायत अन्य अधिकारीहरुको उपस्थिति रहेको थियो। आजदेखि शुरू भएको प्रतियोगिताको समापन आगामी २५ अगस्तमा हुने संस्थाका अध्यक्ष जेकब खालिङले जानकारी गराएका छन्। पत्रकारहरूसँग कुराकानी गर्दै खालिङले आजदेखि शुरू भएको राज्यस्तरीय प्रतियोगितमा कूल दुईसय पचास खेलाडीहरूले अंशग्रहण गरेको अवगत गराए। उनले थप जानकारी गराएअनुसार यस प्रतियोगितामा विशेष गरेर जिल्लास्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मात्र अवसर प्रदान गरिएको छ। राज्यस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले नर्थइस्ट प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउने बताए। प्रतियोगितामा जुनियरदेखि लिएर खुल्ला वर्गमा आयोजना गरिएको छ। जसमा सबै उमेरका खेलाड़ीहरूले सहभागिता जनाएको अवगत गराए। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि लेप्चाले सबै सहभागीलाई आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने शुभेच्छा प्रकट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement