गेजिङमा वाहन दुर्घटना, एकको मृत्यु अन्य घाइते

IMG-20250822-WA0134

गेजिङ: गेजिङ जिल्लाको गेजिङ-बर्मेक समष्टिअन्तर्गत याङसुम ग्राम पञ्चायतको डाँडागाउँ मियोङमा आज अपरान्ह एउटा वाहन दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परेर २३ वर्षीय प्रताप लिम्बूको घटनास्थलमै मृत्यु भएको जानकारी जिल्ला पुलिस कार्यालयले पुष्टि गरेको छ। साथै, वाहनमा सवार सुबास लिम्बू गम्भीर घाइते भएका छन्। उनलाई स्थानीयवासीको सहयोगमा उद्धार गरी तत्काल जिल्ला अस्पतालमा लगिएको थियो। दुर्घटनाको विस्तृत कारण भने खुलेको छैन। पुलिसद्वारा थप अनुसन्धान भइरहेको जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement