हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिद्वारा अनित थापालाई धन्यवाद प्रकट

IMG-20250822-WA0132

खरसाङ: पश्चिम बङ्गाल सरकारको श्रम विभागबाट यसपाली चियाबारी श्रमिकहरुलाई २०% बोनस दिनु पर्ने प्रस्ताव जारी गरिएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको तर्फबाट जीटीए प्रमुख एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापालाई धन्यवाद दिइएको छ। चियाबारी श्रमिकहरुको लागि जीटीए प्रमुख अनित थापाको पहलको कारणले राज्य सरकारको तर्फबाट बीस प्रतिशत बोनस दिनुपर्छ भन्ने प्रस्ताव आएको भन्दै खरसाङ महकुमा समितिले जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्।‌ हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ र महासचिव भक्तिमान तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै श्रमिकहरुको पक्षमा सरकार समक्ष अनित थापाले बोलिदिएको कारणले यसपालीको बीस प्रतिशत बोनसको कुरालाई राज्य सरकारको श्रम विभागबाट प्रस्ताव आएको बताएका छन्। उल्लेखनीय छ, पश्चिम बंगाल सरकारको श्रम विभाग, दार्जीलिङ नर्थ रीजनल जोनबाट २२ अगस्ट २०२५ मा जारी गरिएको सल्लाह पत्र‌, आर्थिक वर्ष २०२४-२४ का लागि दार्जीलिङ, खरसाङ, कालेबुङ, तराई अनि डुवर्स क्षेत्रका चिया बगानका श्रमिकहरूलाई २०% बोनस दिने निर्णय गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement