२० प्रतिशत पूजा बोनसको माग राज्य सरकारले स्वीकार गरेका छन् र यसको निम्ति हामी सरकारलाई धन्यवाद दिन्छौं: डीके गुरुङ

IMG-20250822-WA0106

दार्जिलिङ: यसपाली २०२४-२५ को २० प्रतिशत पूजा बोनसको माग राज्य सरकारले स्वीकार गरेका छन् र यसको निम्ति हामी सरकारलाई धन्यवाद दिन्छौं। यो हाम्रो श्रमिक वर्गको निम्ति एउटा सानो विजय हो भनी ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरुङले बताएका‌ छन्। उनले एक प्रेस विज्ञप्ति जारी गर्दै भने, यो निर्णयले हजारौँ चिया श्रमिक परिवारहरूको जीवनमा केही राहत पुर्‍याएको छ। लामो समयदेखि श्रमिकहरूले आफ्नो पसिना र श्रमको उचित मूल्यका लागि संघर्ष गर्दै आएका थिए। सरकारको यो सकारात्मक पहलले श्रमिकहरूको आस्था अझ बलियो बनाएको छ।’
उनले अघि भने, ‘हामी विश्वास गर्दछौं कि भविष्यमा पनि राज्य सरकारले चिया श्रमिकहरूको हितमा थप निर्णायक कदम चाल्नेछ, र श्रमिक वर्गको जीवनस्तर उकास्ने दिशामा निरन्तर साथ दिनेछ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement