वरिष्ठ कवि मनप्रसाद सुब्बाकृत पञ्चतत्त्वको पालम कविता संग्रह कृतिमाथि अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न

IMG-20250822-WA0096

दार्जिलिङ: संकल्प प्रोडक्शनको आयोजनामा गोर्खा दुःख निवारक सम्मेलनको पुस्तकालय कक्षमा भारतीय नेपाली साहित्यका वरिष्ठ कवि मनप्रसाद सुब्बाकृत पञ्चतत्त्वको पालम कविता संग्रह कृतिमाथि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रम वरिष्ठ साहित्यकार भीम थापाको अध्यक्षता, काठमाडौँ नेपालबाट आमन्त्रित त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौड्यालको प्रमुख आतिथ्य, पाठकीय समीक्षात्मक टिप्पणीमाथि वक्ताहरू क्रमैले प्राध्यापक कवीर बस्नेत सरकारी महाविद्यालय दार्जीलिङ, प्राध्यापक विनोद प्रधान साउथ फिल्ड कलेजबाट रहेका थिए भने प्रमुख अतिथि महेश पौड्यालको परिचयलाई वरिष्ठ गीतकार पुरण गिरीद्वारा राखिएको थियो।स्वागत सम्बोधनलाई संकल्प प्रडक्सनको पक्षमा पत्रकार सविता संकल्पले प्रस्तुत गरेका थिए। पञ्चतत्त्वको पालन कविता कृतिमाथि प्रमुख अतिथि महेश पौड्याल साथै उपस्थित वक्ताहरूको सारगर्भित अनि महत्वपूर्ण टिप्पणी पछि कृतिकार मनप्रसाद सुब्बाद्वारा वक्तव्यको साथसाथै आफ्ना कविताहरु पनि प्रस्तुत गरिएपछि उनकै उपस्थितिमा दर्शक दिर्घाबाट उपस्थित स्रष्टाहरूको प्रश्न अनि कृतिकारको प्रति उत्तर निकै लामो समयसम्म गरियो। संकल्प प्रोडक्सनका प्रतिनिधि किसन सार्कीद्वारा सञ्चालित उक्त कार्यक्रममा आयोजकको पक्षमा पप्पु लामा प्रबन्धक, योगिता राई सूर्यकला सुब्बा, प्रतिमा राई, अनि अञ्चल राईको विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement