मार्गरेटस होपको बाँसघारी क्षेत्रमा अजय एडवर्ड्सको सहयोगमा झोलुङ्गे पुल पुनः निर्माण हुने

IMG-20250822-WA0095

“हामीले आजसम्म जति नरिवल फुटायौं ती सबै कार्यहरू हामीले पूरा गरेका छौं, यो पनि अवश्य पूरा गर्ने छौं: अजय एडवर्ड्स

खरसाङ: खरसाङ महकुमा क्षेत्र अन्तर्गत बाँसघारीस्थित एउटा झोलुङ्गे पुल पुनः निर्माण हुने भएको छ।
धेरै लामो समयदेखि गाउँवासीले आफ्नो क्षेत्रमा जीर्णावस्थामा रहेको झोलुङ्गे पुलको जिर्णोद्धारको निम्ति धेरै गुहार माग्दै आएका थिए। सबै जग्गाबाट निराशाको साममा गरेपछि अन्त्यमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको प्रमुख संयोजक अजय एडवर्ड्सलाई सहयोगको गुहार मागेका थिए।


धेरै गहिरो निरिक्षणपछि अन्तत आज १०५ फिटको लम्बाई अनि ५ फिटको चौडाई पुलको सिलन्यास कार्यक्रम आईजीजेएफ प्रमुख अजय एडवर्ड्सको बाहुलीबाट सम्पन्न भयो। कार्यक्रम अवधि क्षेत्रीय वासिन्दाहरुले हर्षको साथै अजय एडवर्ड्सप्रति कृतज्ञता प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement