तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा विदाई समारोह सम्पन्न

IMG-20250822-WA0089

खरसाङ: तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा विदाई समारोह सम्पन्न भएको छ। विद्यालयको अवकाशप्राप्त अशिक्षणकर्मी सुकचन्द्र लिम्बुको बिदाई समारोह सम्पन्न भएको छ। उक्त बिदाई समारोहको अध्यक्षता विद्यालयकी शिक्षिका प्रभारी रञ्जना प्रधानले गरेकी थिइन् भने प्रमुख अतिथिको रुपमा अवकाशप्राप्त अशिक्षणकर्मी सुकचन्द्र लिम्बु उपस्थित रहेका थिए। शिक्षिका सञ्जुली छेत्रीले स्वागत सम्भाषण राखेको कार्यक्रममा सञ्चालन शिक्षकद्वय देवेन मंगर र सुप्रेम छेत्रीले गरेका थिए।

यस बिदाई कार्यक्रममा शिक्षकद्वय भास्कर थापा र विशालमणि प्रधानले कविता वाचन गरेका थिए‌। त्यसरी नै स्वयम गजमेर, शिक्षक सुप्रेम छेत्री साथै विद्यार्थीहरुद्वारा सामुहिक गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए।‌ यस बिदाई समारोहमा अवकाशप्राप्त अशिक्षणकर्मी सुकचन्द्र लिम्बुको जीवनी पठन शिक्षक देवेन मंगरले‌ गरेका थिए। यस अवसरमा अवकाशप्राप्त अशिक्षणकर्मी सुकचन्द्र लिम्बुलाई विद्यालयको तर्फबाट खदार्पणसहित जातीय टोपी पहिराएर शल ओढाएर साथै सम्बर्ध्दना पत्र र उपहारहरु प्रदान गरेर सम्मान जनाइएको छ। कार्यक्रममा उनीसितै उनकी पत्नीलाई पनि सम्मानित गरिएको थियो।‌

कार्यक्रममा अवकाशप्राप्त अशिक्षणकर्मी सुकचन्द्र लिम्बुले आफ्नो वक्तव्यमा १९९७ सालमा एकजनामा किरानीको रुपमा नियुक्त पाएर काम शुरु गरेको र २८ वर्ष ५ महिना १९ दिनपछि अवकाशप्राप्त भएको अनि कति छिट्टो समय बितेर गएको बताएका छन्‌। उनले आफ्नो कार्यको अनुभवहरु साझा गरेका‌ थिए भने कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। कार्यक्रमको सभाध्यक्ष प्रभारी शिक्षिका रञ्जना प्रधानले आफ्नो अध्यक्षीय सम्भाषणमा सुकचन्द्र लिम्बु मृदुभाषी, मिलनसार र सयमले भरिपूर्ण व्यक्ति रहेको बताउँदै सुखमय अवकाशप्राप्त जीवनको शुभकामना व्यक्त गरेकी छन्। उनले अवकाशप्राप्तपछि पनि समाजमा योगदान रहने आशा व्यक्त गर्दै सुस्वास्थ्यको कामना गरिन्।

उनले सुकचन्द्र लिम्बुको विद्यालयप्रतिको योगदानको सदैव सम्झना रहने बताएकी छन्। अवकाशप्राप्त अशिक्षणकर्मी सुकचन्द्र लिम्बुले सन् १९९७ मा किरानीको पदमा विद्यालयमा नियुक्ति पाएका थिए भने २८ वर्ष ५ महिना १९ दिन काम गरेर प्रधान किरानीबाट २८ फरवरी २०२५ मा अवकाशप्राप्त गरेका थिए। कार्यक्रममा शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरु, अशिक्षणकर्मीहरु र विद्यालय सञ्चालन समितिको सभापति रबीन गजमेर र सचिव अमीत प्रधान पनि उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement