२१ सेप्टेम्बरः अष्ट्रेलिया विरुद्ध तीनवटा टी२० म्याचको सीरीजको पहिलो म्याचमा भारतले ४ विकेटले हारको सामना गर्नु पऱ्यो। अष्ट्रेलिया समक्ष जीतको निम्ति २०९ रनको विशाल लक्ष्य रहे पनि भारतीय बलरहरूले त्यसलाई बचाउन सकेनन्। टीम इण्डियाको यस हारपछि कप्तान रोहित शर्माले बलरहरूमाथि निराशा व्यक्त गरे अनि अष्ट्रेलियाले असल क्रिकेट खेलेको बताए। रोहितले टीमको बलिंग विभागमा सुधार जरूरी रहेको बताए। म्याचपछि निराशा व्यक्त गर्दै रोहितले भने, मलाई हामीले असल बलिंग गऱ्यौं जस्तो लाग्दैन। २०० भन्दा अधिकको स्कोर राम्रो हुन्छ अनि हामीले मौकाको फाइदा उठाएनौं। ब्याटरहरूका तर्फबाट यो असाधारण प्रयास थियो तर बलरहरूले खराब प्रदर्शन गरे। यी सब कुराहरूमा हामीले ध्यान दिनु पर्नेछ। गल्ती सुधार्नको निम्ति हामीसँग मौका छ। रोहितले अझ भने, यो एउटा हाई स्कोरिंग ग्राउण्ड हो भन्ने हामीलाई थाहा छ। यस्तो मैदानमा २०० रन बनाएर पनि तपाईं आरामसँग बस्न सक्नुहुन्न। उनीहरूले केही असाधारण शट्हरू खेले। जे भए पनि हामीले अन्तिम ४ ओभरमा ६० रन सजिलै बचाउन सक्थ्यौं।

रोहितले अन्तिम चार ओभरको फ्यातुलो बलिंगलाई हारको कारण बताए। उनले भने, अन्तिम ओभरहरूमा विकेट हासिल नहुनु टर्निंग पोइण्ट थियो। हामीले अझ एक विकेट हासिल गर्न सकेको भए परिस्थिति अलग हुने थियो। तपाईं हरेक दिन २०७ रनसम्म पुग्न सक्नुहुन्न। यसको निम्ति असल ब्याटिंग गर्नु जरूरी छ। हार्दिकले हामीलाई २०७-सम्म पुऱ्याउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। अब हामीले आउँदो म्याचहरूमा बलिंगमा सुधार गर्नु पर्नेछ।
मंगलवार राति मोहालीको पीसीए आईएस बिन्द्रा स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ६ विकेट गुमाएर २०८ रनको ठूलो स्कोर बनायो। अलराउण्डर हार्दिक पाण्ड्याले सर्वाधिक अविजित ७१ रन (३० बल, ५ वटा छक्का र ७ वटा चौका) बनाए। यसबाहेक केएल राहुलले ३५ बलमा ५५ रन (३ वटा छक्का र ४ वटा चौका) र सूर्यकुमार यादवले २५ बलमा ४६ रन (४ वटा छक्का र २ वटा चौका) बनाए। कप्तान रोहित (११)-को साथमा विराट कोहली (२), अक्षर पटेल (६) र दिनेश कार्तिक (६)-ले उल्लेखनीय योगदान दिन सकेनन्।

जवाफमा अष्ट्रेलियाले ४ बल बाँकी रहँदै ६ विकेट गुमाएर २११ रन बटुल्दै रोमाञ्चक जीत हासिल गऱ्यो। अष्ट्रेलियाको जीतमा हीरो रहने विकेटकीपर म्याथ्यू वेडले २१ बलमा ६ वटा चौका र २ वटा चौकाको साथमा अविजित ४५ रन बनाए। यसबाहेक ओपनरको रूपमा ओर्लिएर कामेरोन ग्रीनले ३० बलमा ६१ रन बनाए। उनले ८ वटा चौका र ४ वटा छक्का लगाए। यी दुईबाहेक कप्तान एरोन फिञ्चले २२, टिम डेविडले १८ र जोश ईंग्लिशले 17??१७ रन बनाए। भारतीय बलरहरूमा अक्षर पटेलले ३ र उमेश यादवले २ विकेट लिए। म्याचमा पटेललाई छोड़ेर अन्य सबै भारतीय बलरहरूले मन खोलेर रन खर्च गरे। यसैकारण अष्ट्रेलियालाई म्याच जित्न अधिक असुविधा भएन। यी दुई टीमबीच दोस्रो टी२० म्याच शुक्रवार खेलिनेछ।