उत्तर सिक्किममा पैह्रोको चपेटमा परी तीन मजदूरको मृत्यु

IMG-20250822-WA0000

गान्तोक: उत्तर सिक्किमको टुङ पार्टेम क्षेत्रमा सडक निर्माणको कार्य चलिरहेको समय ठूलो पैह्रो जाँदा सीमा सड़क सङ्गठनका तीन मजदूरको मृत्यु भएको समाचार प्राप्त भएको छ। मंगन जिल्लाका पुलिस अधीक्षक सोनाम डिचुले यसको पुष्टी गरेका छन्। दुर्घटनामा दुईजना इञ्जीनियरलाई सामान्य चोटपटक लागेको उनले बताएका छन्। प्राप्त जानकारीअनुसार घटना गत १९ अगस्त अपराह्न करिब ४ बजीको हो।
मृतकहरूलाई असमको चिराङ जिल्लाको लौरिपारा निवासी लोकहिराम मुर्मु (४०), दिनाराम काचुवा (४०), चिराङ जिल्ला, असमकै दुखिम गाउँ निवासी सुनिल टोप्पो (३०) रहेका छन्।
घाइते इञ्जीनियरहरूमा रजिव कुमार (४७) र डीईएस गुरुदेव (३०)—ले रहेका छन्। उनीहरूको हाल गान्तोकको एसटीएनएम अस्पतालमा उपचार चलिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement