गान्तोक: राष्ट्रीय स्वास्थ्य मिशनअन्तर्गत राज्यका छवटा जिल्लाका लागि एम्बुलेन्स सेवा शुरु गरियो। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज एक कार्यक्रमबीच झण्डा देखाएर प्रस्थान गराए। यसअवसरमा स्वास्थ्य एवम परिवार कल्याण विभागीय मन्त्री जीटी ढुङगेलको पनि उपस्थिति थियो। मुख्यमन्त्री तामाङले उक्त एम्बुलेन्सहरू जनहितका लागि चौबीस घण्टानै तयार रहने र आवश्यक परेकाहरुले १०२ अनि १०८ मा कल गरेर लाभ उठाउन सक्ने बताइएको छ। यस अवसरमा गान्तोक जिल्लाको निम्ति एम्बुलेन्स, पाकिम जिल्लाको निम्ति २ वटा, नाम्ची जिल्लाको निम्ति ६ वटा एम्बुलेन्सलाई झण्डा हल्लाएर प्रस्थान गराएका थिए। विशेष गरेर पश्चिम जिल्लाको निम्ति वर्ष २०१८ मा पहिलोपल्ट एम्बुलेन्स सेवा शुरू गरिएको थियो। जसमा कूल ८ वटा एम्बुलेन्स रहेको थियो तर वर्तमान सरकारले एम्बुलेन्सको अभावलाई ध्यानमा राख्दै थप एम्बुलेन्स प्रदान गरेको छ।










