मन्त्री दाहालको एनएचआइडीसीएल एमडीसँग गरे भेट, उठाए एनएच-१० को मुद्दा

IMG-20250822-WA0022

गान्तोक: आधिकारिक भ्रमणमा दिल्ली पुगेका राज्यका सडक एवम् पुल विभागीय मन्त्री एनबी दाहालले आज राष्ट्रीय राजमार्ग १० को समस्यालाई लिएर सम्वन्धित निकायसँग गुहार लगाए। यसक्रममा मन्त्री दाहालले नेश्नल हाइवे एण्ड इन्फ्रास्टक्चर डेभलोपमेन्ट कर्पोरेशन लिमिटेड (एनएचआइडीसीएल) का प्रबन्धक निर्देशक डा. कृष्णकुमारसँग नयाँ दिल्लीमा भेट गर्दै उक्त माग उठाएका हुन्। मन्त्री दाहालले विशेष गरेर पश्चिम बंगालसँग जोडने एक मात्र राष्ट्रीय राजमार्ग १० को वर्तमान गम्भीर अवस्थाबारे जानकारी गराए। यस अवसरमा मन्त्री दाहालले केन्द्र सरकारले मल्लीदेखि सिङतामसम्मको वैकल्पिक मार्ग निर्माणको निम्ति स्वीकृति दिइसकेको जानकारी गराए। सोही प्रकारले पश्चिम बंगालको कोरनेशन पुलदेखि रम्फूसम्मको राष्ट्रीय राजमार्गलाई मरम्मति विषयमा अवगत गराए। सोही प्रकारले उनले लेग्शेपदेखि – गेजिङसम्म पुग्ने बैकल्पिक मार्गबारे पनि छलफल गरे। जुन सडकको एक भाग महात्मा सिरीजङगा योजनाअन्तर्गत पर्ने जानकारी गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement