नशालुपदार्थसितै एक पक्राउ

pakrau-1715341503

गान्तोक: हिजो राति मल्ली पुलिसले भारीमात्रामा प्रतिवन्धित नशालुपदार्थ सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्ति सोरेङ जिल्लाको रेशी निवासी मानव तामाङकोरूपमा चिन्हित गरेको छ। घटना क्रमअनुसार हिजो राती ७ बजी पेलिङदेखि सिलगढी चल्ने बसमा आरोपी तामाङले भारी मात्रामा नशालुपदार्थि लिएर आइरहेका थिए। मल्ली चेकपोस्टमा पुलिसले जाँच गर्ने क्रममा आरोपीबाट कफ सिरप, स्पास्मो प्रोक्सिवन क्याप्सुल फेलापारेपछि पक्राउ गरिएको जानकारी गरएको छ। पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ। पुलिसले थप जानकारी गराएअनुसार आरोपीले नशालु पदार्थ सब्जीको झोलामा मिसाएर ल्याएका थिए। हाल आरोपी पुलिसको कस्टडीमा रहेकोमा र केरकार गरिरहेको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement