रंगबुल कृषि फार्ममा रिसालेन्ट हिमालयस कम्युनिटी लेड ल्याण्डस्केप रेस्टोरेशन परियोजनाको उदघाटन

IMG-20250822-WA0079

सोनादा: रंगबुल कृषि फार्ममा बिहीबार रिसाईलेन्ट हिमालयस कम्युनिटी लेड ल्याण्डस्केप रेस्टोरेशन (Resilient Himalayas: Community Led Landscape Restoration) परियोजनाको उद्घाटन गरियो। जसअन्तर्गत क्षेत्रमा व्यापक मात्रामा वृक्षरोपण गरिएको छ। यस योजना अन्तर्गत विशेषगरी पहाडी क्षेत्रमा पाइने विभिन्न प्रजातिका वृक्षहरू लगाइने काम गरिएको बताइएको छ। यो परियोजना विशेष गरी पहाडी क्षेत्रको पुनर्स्थापनामाथि केन्द्रित छ। यो परियोजना विशेषगरी क्षयग्रस्त भूमि पुनर्स्थापना गर्ने अनि पारिस्थितिक प्रणाली, वन्यजन्तु र स्थानीय समुदायको जीविकोपार्जन संरक्षणमा केन्द्रित रहेको परियोजना हो। अशोका ट्रस्ट फर रिसर्च इन इकोलोजी एण्ड इन्भायरोमेन्ट(ATREE) दार्जीलिङ र कृषि विभाग, जीटीएको सहकार्यमा बिहीबार यस परियोजनाको उद्घाटन जीटीएको कृषि विभागका कार्यकारी सभासद सतीश पोख्रेल र कृषि विभागका सह निर्देशक डब्ल्युबीएएस युनस लेप्चा लगायत अन्यको बाहुलीबाट उदघाटन गरिएको छ। कार्यक्रममा एट्री दार्जीलिङका वरिष्ठ प्रबन्धक सञ्जीव प्रधानले स्वागत भाषण राखेका थिए भने कार्यक्रममा एट्रीका सह-निर्देशक डा. नकुल छेत्रीले पुनर्स्थापना अनि वृक्षारोपणद्वारा भविष्यमा पुग्ने फाइदाहरूबारे आफ्नो वक्तव्य राखेका थिए। कार्यक्रममा वेस्ट बेङ्गाल एग्रिकल्चर सर्भिसका कृषि उपनिर्देशक युनुस लेप्चा अनि अन्यले सम्बोधन राखेका थिए। कार्यक्रममा जीटीए कृषि विभागको कार्यकारी सभासद सतिश पोखरेल, वेस्ट बेङ्गाल एग्रिकल्चर सर्भिसका परियोजना निर्देशक पार्थो रोय, नाबार्डका जिल्ला विकास प्रबन्धक दीपक पासवान, वन अधिकारीहरू, पञ्चायत समिति सदस्य अनि विभिन्न समाजका प्रतिनिधिहरु उपस्थित थिए। कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूद्वारा वृक्ष रोपण पनि गरिएको थियो भने वृक्ष रोपणमा समुदायको सहभागितामाथि विशेष ध्यानाकर्षण गरिएको थियो। कार्यक्रमबारे एट्रीका सह-निदेशक डा. नकुल छेत्रीले पत्रकारहरुलाई सम्बोधन गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement