कालेबुङ: कालेबुङकी महिला फूटबलर सुश्मिता लेप्चाले आफ्नो असाधारण प्रदर्शनको साथ सबैको मन जितेकी छन्। यसै क्रममा सुश्मिताले अझ एउटा ठूलो मञ्चमा आफ्नो प्रतिभा देखाउने मौका पाएकी छन्। इण्डियन वूमन्स लीग (आईडब्ल्यूएल) च्याम्पियन टीम ईष्ट बेंगलको साथमा सुश्मिताले कम्बोडिया प्रस्थान गरेकी छन्। एएफसी वूमन्स च्याम्पियन्स लीगमा ईष्ट बेंगलले २५ अगस्तदेखि अभियान शुरु गर्नेछ। ईष्ट बेंगलसँग ग्रुप ई-मा कितची एससी र स्थानीय टीम फेनोम पेन्ह क्राउन एफसी रहेको छ। ईष्ट बेंगलको पहिलो म्याच सोमवार फेनोम पेन्ह क्राउन एफसी-विरुद्ध रहेको छ। यसरी ३१ अगस्तमा कितची एससी-विरुद्ध म्याच रहेको छ। फूटबलप्रेमीहरूले सुश्मिता र उनकी टीम ईष्ट बेंगललाई यस प्रतिष्ठित टुर्नामेण्टको निम्ति शुभकामना दिएको छ।









