नयाँ दिल्ली: देशकै लोकप्रिय हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छl १० अगस्तमा जिममा उनलाई हृदयाघात भएको थियोl मुटुमा धेरै अवरोध भएको रिपोर्ट आएपछि दिल्लीमा एम्सका चिकित्सकको टोलीले राजु श्रीवास्तवको एन्जियोग्राफी गर्ने निर्णय गरेको थियो। तर, उनको स्वास्थ्यमा खासै सुधार आएन। आखिर विगतदेखि भेन्टिलेटरमा मृत्युसँग लडिरहेका राजु श्रीवास्तवले आज अन्तिम सास लिए। राजु श्रीवास्तवको निधनको खबर सार्वजनिक भएदेखि नै देशभर शोकको लहर छाएको छ। सबैले आँखाभरि आँसु लिएर उनलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। हास्यकलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ। १० अगस्तमा हृदयघात भएपछि उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो।








