नयाँ दिल्ली: अनुभवी मीडफिल्डर सलीमा टेटेलाई चीनको हांगझोउमा ५-देखि १४ सेप्टेम्बरसम्म हुने एशिया कपको निम्ति बिहीवार २० सदस्यीय भारतीय महिला हकी टीमकी कप्तानको रूपमा कायम राखियो। एशिया कपमा च्याम्पियन हुने टीमले २०२६ एफआईएच महिला हकी वर्ल्ड कपको निम्ति सीधै क्वालीफाई गर्ने हुनाले भारतको निम्ति यो टुर्नामेण्ट महत्त्वपूर्ण रहेको छ। एशिया कपमा भारतसँग पूल बी-मा जापान, थाईल्याण्ड र सिंगापुर रहेको छ। भारतले आफ्नो अभियानको शुरुवात ५ सेप्टेम्बरमा थाईल्याण्डविरुद्ध म्याचको साथ गर्नेछ। त्यसपछि ६ सेप्टेम्बरमा जापानविरुद्ध म्याच रहेको छ। भारतले आफ्नो पूलको अन्तिम म्याच ८ सेप्टेम्बरमा सिंगापुरविरुद्ध खेल्नेछ। हकी इण्डियाद्वारा जारी विज्ञप्तिमा मुख्य प्रशिक्षक हरेन्द्र सिंहले भनेका छन्, हांगझोउमा हुने महिला एशिया कपको निम्ति टीमको चयन गरेर हामी उत्साहित छौं। उल्लेखनीय छ, गत वर्ष कप्तान नियुक्त भएपछि सलीमा टीमको अभिन्न अंग रहेकी छन्। हरेन्द्रले भने, यस टीमले कठोर मेहनत गरिरहेको छ। हामीले टीममा अनुभवी खेलाड़ी र युवा प्रतिभाहरूबीच असल सन्तुलन बनाउने प्रयास गरेका छौं। हाम्रो ध्यान अनुशासित र आक्रामक हकी खेल्नुमा रहनेछ। यस टीममा एशियाका सर्वश्रेष्ठ टीमहरूविरुद्ध मजबूतीको साथ लड़ाइँ गर्ने क्षमता रहेको हाम्रो विश्वास रहेको छ। दुईजना अनुभवी खेलाड़ी सविता र सुशीला चानू चाहिँ टीमको हिस्सा छैनन्। यी दुईजनाले एफआईएच प्रो लीगको यूरोपेली चरणमा खेलेकी थिइन्।
महिला एशिया कपको निम्ति भारतीय हकी टीम यसप्रकार छः
गोलकीपरः बंसारी सोलंकी, बिचु देवा खारीबाम
डिफेण्डरः मनीषा चौहान, उदिता, ज्योति, सुमन देवी थोडन, निक्की प्रधान, इशिका चौधरी
मीडफिल्डरः नेहा, वैष्णवी विट्ठल फाल्के, सलीमा टेटे, शर्मिला देवी, लालरेमसियामी, सुनेलिटा टोप्पो
फरवर्डः नवजीत कौर, रुतजा दादासो पिसल, ब्यूटी डुंगडुंग, मुमताज खान, दीपिका र संगीता कुमारी।









