नयाँ दिल्ली: पूर्व भारतीय क्रिकेटर कृष्णमचारी श्रीकान्तले एशिया कप २०२५-को निम्ति पेस बलर हर्षित राणाको चयनको आलोचना गर्दै आईपीएल २०२५-मा उनको निराशाजनक बलिंग प्रदर्शनको उल्लेख गरेका छन्। श्रीकान्तको भनाइअनुसार, हर्षित भारतीय टीममा स्थान पाउने हकदार थिएनन्, विशेषगरी मोहम्मद सिराज र प्रसिद्ध कृष्णा जस्ता बलर रहँदा। प्रसिद्धले आईपीएल २०२५-मा सर्वाधिक विकेट लिएका थिए। हर्षितलाई एशिया कपको टीममा सामेल गर्ने फसेलाले श्रीकान्त असन्तुष्ट देखिए। उनले भने, हर्षित राणा कहाँबाट आए ? आईपीएलमा उनको प्रदर्शन खराब थियो। उसलाई जसोतसो टीममा सामेल गरियो। आईपीएलमा उनको इकोनमी रेट १०-को थियो। चयनकर्ताहरूका यसस्तो फसेलाले प्रसिद्ध कृष्णा र मोहम्मद सिराजको मनोबललाई चोट पुग्नेछ। श्रीकान्त टीमको सन्तुलनसँग पनि खुशी छैनन्। उनले शिवम दुबेको स्थानमा वाशिंगटन सुन्दर जस्ता खेलाड़ीलाई टीममा सामेल गर्नु पर्ने विचार व्यक्त गरेका छन्। श्रीकान्तले भने, तिलक वर्मालाई छैटौं बलर बनाउने कुरा चल्दैछ। के अभिषेक शर्मा या शिवम दुबे छैटौं बलर हुनेछन् ? दुबेले आईपीएलमा शायदै बलिंग गरेका थिए। यसैकारण उनको चयन पनि ठीक रहेन। टीमलाई आठौं नम्बरमा ओर्लिएर पनि केही असल शट्हरू खेल्ने बलर चाहिएको भए वाशिंगटन सुन्दर आदर्श रहने थिए। दुबेलाई आठौं नम्बरमा खेलाउने कुनै अर्थ हुँदैन।










