स्पिनर महाराज शीर्ष स्थानमा, कुलदीपलाई नोक्सान

IMG-20250821-WA0001

दुबई: दक्षिण अफ्रिकाका स्पिनर केशव महाराजले बुधवार जारी नवीनतम आईसीसी वनडे बलरहरूका ऱ्याङकिंगमा शीर्ष स्थान हासिल गरेका छन् जबकि भारतीय स्पिनर कुलदीप यादव चाहिँ झरेर तेस्रो स्थानमा पुगेका छन्। महाराजले अष्ट्रेलियाविरुद्ध वनडे सीरीजको पहिलो म्याचमा ५ विकेट लिएर दक्षिण अफ्रिकालाई जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। महाराजले भारतका कुलदीप र श्रीलंकाका महेश तीक्ष्णालाई पछि छोड़ेर शीर्ष स्थान हासिल गरेका छन्। महाराज यसअघि नोभेम्बर र दिसम्बर २०२३-मा संक्षिप्त समयको निम्ति शीर्ष स्थानमा रहेका थिए। कुलदीप बाहेक रविन्द्र जडेजा एकमात्र भारतीय हुन्, जो बलरहरूका ऱ्याङकिंगमा शीर्ष दशमा सामेल छन्। भारतले आईसीसी च्याम्पियन्स ट्रफीमा खिताब जितेपछि कुनै वनडे म्याच खेलेको छैन। वनडे बलरहरूका ऱ्याङकिंगमा वेष्ट इण्डिजका जेडन सील्स पनि अघि बढ़ेका छन्। उनले पाकिस्तानविरुद्ध सीरीजको अन्तिम म्याचमा ६ विकेट लिएका थिए। सील्स १५ स्थान अघि बढेर १८औं स्थानमा पुगेका छन्। पुरुष वनडे ब्याटरहरूका ऱ्याङकिंगमा भारतका शुभमन गिल ७८४ पोइण्ट्सको साथ शीर्ष स्थानमा कायम छन्। श्रेयस अय्यर छैटौं स्थानको साथ शीर्ष दशमा सामेल अन्य भारतीय ब्याटर हुन्। पाकिस्तानविरुद्ध अन्तिम वनडे म्याचमा अविजित १२० रन बनाउने वेष्ट इण्डिजका कप्तान शाई होप दुई स्थानको सुधार गरी नवौं स्थानमा पुगेका छन्। यसरी पुरुष टी२० ब्याटरहरूका ऱ्याङकिंगमा भारतका अभिषेक शर्मा र तिलक वर्मा शीर्ष दुई स्थानमा कायम छन्। कप्तान सूर्यकुमार यादव छैटौं र यशस्वी जयसवाल दशौं स्थानमा छन्। दक्षिण अफ्रिकाका डेवाल्ड ब्रेविस पनि ९ स्थान अघि बढ़ेर १२औं स्थानमा पुगेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement