दार्जीलिंङ: आज ग्रिन लन्स स्कूल राजबारी दार्जिलिङले ‘३४औं नेपाली भाषा मान्यता दिवस’ बिभिन्न कार्यक्रम गरी मनाएको यछ। यस अवसरमा राजबारी दार्जिलिङका ग्रिन लन्स स्कुल र ६ माइल दार्जिलिङका ग्रेस एकाडेमी स्कुलबीच एक अन्तरविद्यालय कविता प्रतियोगिता एबं अन्तरविद्यालय तर्क प्रतियोगिताको आयोजन गरिएको थियो। यस अन्तरविद्यालय कविता प्रतियोगिता दुई सत्रमा आयोजना गरी मनाएको थियो। पहिलो सत्रमा कक्षा ३,४, र ५-का विद्यार्थीहरूमाझ तथा दोस्रो सत्र कक्षा ६, ७, ८-का विद्यार्थीहरू माझ राखिएको थियो। पहिलो र दोस्रो सत्रमा जम्मा ६ जना प्रतियोगीहरूले भाग लिएका थिए। क्रमश:ग्रेस एका डेमी स्कुलबाट विद्यार्थीहरू – आराध्य प्रधान, पेडेन डुक्पा, एल्सा ओङ्मु डुक्पा, राखी गुरुङ्ग, प्रज्ञा राई र सायना राई सहभागि थिए भने माउन्ट कार्मेल ग्रिन लन्स स्कुलबाट विद्यार्थीहरू सक्षम शाह, शौर्य शर्मा, एभलिन एभी प्रधान, ल्हाडोल्मा तामाङ, सुशान्त थामी र स्टेला तामाङ छन। अन्तरविद्यालय कविता प्रतियोगिताको दुवै सत्रमा ग्रेस एका डेमीका विद्यार्थीहरू सुश्री एल्सा अङ्मु डुक्पा र सुश्री राखी गुरुङ्ग प्रथम भए। सो प्रतियोगिताका निर्णायक मण्डलमा सुश्री मनिषा राई, अनुमाला स्याङ्देन रहेका थिए।
तर्क प्रतियोगिताको विषय “शिक्षाभन्दा धन ठूलो हो/होइन” भन्ने रहेको थियो। सो विषयमा ग्रिन लन्स स्कुल पक्षमा र ग्रेस एकाडेमी विषयको विपक्षमा रहेका थिए। यो प्रतियोगितामा कक्षा नवौं र दशौंका विद्यार्थीहरूले भाग लिएका थिए। प्रतिस्पर्धीहरू क्रमश: ग्रेस ए काडेमीका विद्यार्थीहरू पन्लोभ डुक्पा, श्रेया छेत्री, संस्कार छेत्री, साहिल गुरुङ्ग र प्रियांशिका तामाङ, ग्रिन लन्स स्कुलका विद्यार्थीहरू – स्वास्तिका घतानी, नेहाल गुरुङ, शिवम् बी•के•, स्वास्तिक बी.के. र प्रज्जवल गुरुङ थिए। विषयको पक्षमा रहेको ग्रिन लन्स स्कुल तर्क प्रतियोगितामा विजयी भए। प्रतियोगिताका निर्णायक मण्डलमा नोयल डुक्पा र श्रीमती सुमन्ना प्रधान थिए।
सामूहिक राष्ट्रीय गीत प्रस्तुत गरी शुरु भएको उक्त कार्यक्रममा दशौं कक्षाका विद्यार्थी बार्बी दियालीले स्वागत मन्तब्य राखेका थिए। कार्यक्रममा ग्रेस एकाडेमीका प्रधानअध्यापक चन्दन थापा, ग्रिन लन्स स्कुलका प्राथमिक शाखा माउन्ट कार्मेल विद्यालयका प्रधानअध्यापिका श्रीमती क्यारेन प्रधान, विद्यालय प्रशासन शाखाका बेञ्जामिन प्रधान, निर्मल प्रधान, श्रीमती जेसोलिना प्रधान सहित अभिभावकहरुको मुख्य रूपमा उपस्थित थियो। विद्यालयको ‘द लुप’ साङ्गेतिक टोलीले स्वागत गीत प्रस्तुत गरे भने मारुनी नृत्यबाट कार्यक्रम शुभारम्भ गरिएको थियो। ग्रिन लन्स स्कुलका सह-शिक्षक मोजेस त्रिखत्रीले भाषा मान्यताको ईतिहास प्रस्तुत गरेको र बिद्यार्थीहरुले विभिन्न गीत र नृत्यहरू प्रस्तुत गरेर कार्यक्रम लाई रोचक बनाएका थिए। प्रतियोगिता समापनपछि विजयी प्रतियगीहरूलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो। अन्तमा माउन्ट कार्मेल ग्रिन लन्स स्कुलकी निर्देशिका श्रीमती के•के• छिरिङले आफ्नो अध्यक्षीय मन्तब्य राखिन भने कार्यक्रमको सञ्चालन मोजेस त्रिखत्रीले गरेका थिए। कार्यक्रमपछि ग्रिन लन्स स्कुलका विद्यार्थीहरूद्वारा जातीय परिकारहरुको प्रदर्शनी राखिएको थियो।










