सिलगढ़ी: युथ फ्रण्टको तत्वावधानमा आयोजित युथ फ्रण्ट सुपर लीग फूटबल प्रतियोगितामा मंगलवार एससी ईष्ट बेंगल-ले जीत हासिल गऱ्यो। सिलगढ़ीको गुल्मा स्टेशन नजिक युथ फ्रण्ट मैदानमा जारी यस टुर्नामेण्टअन्तर्गत आज भएको म्याचमा एससी ईष्ट बेंगल-ले एटीके मोहन बगानलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट मुन्ना खेरवार र नितीन राईले गोल गरे। यसरी नै एटीके मोहन बगानबाट जस्वा उरावँले गोल गरे। नितीन राईलाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले बताएअनुसार, गत १६ सेप्टेम्बरदेखि शुरु यस टुर्नामेण्टको दोस्रो संस्करणमा स्थानीय खेलाड़ीहरूलाई प्रेरणा र प्रोत्साहन प्रदान गर्न अंशग्रहणकारी टीमहरूका नाम आईएसएल-का शीर्ष टीमहरूका नाममा राखिएको छ। टुर्नामेण्टमा जम्मा आठवटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। प्रत्येक ग्रुपबाट विजेता अनि उपविजेता टीमले सेमिफाइनलमा स्थान बनाउनेछ। फाइनल ३ अक्टोबरमा हुनेछ।