सिक्किमको जीआई ट्यागधारी डल्ले खोर्सानी निर्यातको तयारीमा

IMG-20250820-WA0131

गान्तोक: भारत सरकारको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गत मसला बोर्ड, क्षेत्रीय कार्यालय, गान्तोकद्वारा जीआई ट्याग प्राप्त डल्ले खोर्सानीको तेस्रो खेप निर्यात गर्नअघि नमूना चयन गरियो। सोलोमन द्वीप र जिम्बाबेमा निर्यातका लागि तयारीको क्रममा नमूना चयन दक्षिण सिक्किम स्थित मेवेदिरको आइपीएच प्रशोधन एकार्डमा गरियो। निर्यात प्रमाणपत्र जारी गर्नका लागि सुगम बनाउन हाल नमूनालाई मसला बोर्डको कोलकातास्थित गुणस्तर मूल्याङ्कन प्रयोगशालामा परीक्षण गरिँदैछ।

सिक्किमको मसला उद्योगको निम्ति यो ठूलो उपलब्धि हो, जसले वैश्विक व्यापारमा यसको सम्भावना दर्शाउँछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement